झिर हाउस र बोहोराफाँटलार्ई भलिबलको उपाधि

पोखरा । पोखरामा भएको नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ बोहोराफाँट समाज जापान गलकोट र महिलातर्फ झिर हाउस बागलुङले उपाधि चुमेका छन् ।
पोखरा ३ नदीपुर स्थित पोखरा भलिबल प्रशिक्षण केन्द्रको कोर्ट (छन्त्याल समाज)मा आइतबार भएको महिलातर्फको फाइनल खेलमा झिर हाउस बागलुङले लालीगुराँस लामाचौरलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि चुमेको हो । बागलुङले पहिलो र दोस्रो सेट २५–११, २५–२१ ले जिते पनि तेस्रो सेट २६–२८ लामाचौरलाई सुम्पियो । चौथो सेटमा बागलुङले २५–२१ ले पुनरागमन गर्दै लामाचौरलाई पराजित गर्दै उपाधि चुम्न सफल भएको हो ।
उपाधि जितेको बागलुङले ६० हजार र उपविजेता लामाचौरले ४० हजार रुपैयाँ पुरस्कार पाए । पुरुषतर्फ भने बोहोराफाँट समाज जापान गलकोटले नरेठाँटी युवा क्लबलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जितेको छ ।
बोहोराफाँटले नरेठाँटीलाई २८–२६, २५–२०, २०–२५ र २५–१९ ले पराजित गर्दै नवौं संस्करणको उपाधि जित्न सफल भएको हो । उपाधि विजेता बोहोराफाँटले १ लाख ५० हजार र उपविजेता नरेठाँटीले १ लाख रुपैयाँसहित मेडल, प्रमाणपत्र र शिल्ड प्राप्त गरे ।
सेमिफाइनलमा पराजित भएका एपिएफ पोखरा र ठकुरी समाज तनहुँले समान २५ हजार रुपैयाँ प्राप्त गरे ।
निशा र रेशम सर्वोत्कृष्ट खेलाडी
क्लबस्तरीय भलिबल प्रतियोगितामा महिलातर्फ झिर हाउसका निशा चौधरी सर्वोत्कृष्ट खेलाडी, झिर हाउसका सोइङ थापा उत्कृष्ट सर्भर, लामाचौरका पुजासेन ठकुरी उत्कृष्ट स्पाइकर, झिर हाउसका निरु पुन उत्कृष्ट सेटर, लामाचौरका रिकजना बोटे उत्कृष्ट ब्लकर , वालिङ भलिबलका सलिना गुरुङ उत्कृष्ट डिफेन्डर घोषित भए । उनीहरुले ट्रफी प्राप्त गरे ।
पुरुषतर्फ बोहोराफाँटका रेशम छन्त्याल सर्वोत्कृष्ट खेलाडी, बोहोराफाँट समाज जापानका विवश आलेमगर उत्कृष्ट सेटर, बोहोराफाँटका रवि केसी उत्कृष्ट स्पाइकर, नरेठाँटीका विश्वास अधिकारी उत्कृष्ट ब्लकर, बोहोराफाँटका कुञ्जन शाही ठकुरी उत्कृष्ट डिफेन्डर, नरेठाँटीका दिप्सन ठकुरी उदीयमान खेलाडी घोषित भए । सर्वोकृष्ट खेलाडी घोषित भएका निशा चौधरी र रेशम छन्त्यालले समान जनही ५ हजार रुपैयाँ प्राप्त गरे ।
पोखरा भलिबल प्रशिक्षण केन्द्रको नवौं वार्षिकोत्सवको अवसरमा आयोजित नवौं पिभिटिसी महिला तथा पुरुष भलिबल प्रतियोगिता पोखरा भलिबल प्रशिक्षण केन्द्र नदीपुरको आयोजना तथा ए फोर ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसको सहआयोजनामा मंसिर ९ देखि सुरु भएको प्रतियोगिता आइतबार सकिएको हो । २०७३ सालमा स्थापना भएको पोखरा भलिबल प्रशिक्षण केन्द्र सामाजिक तथा खेलकुद क्षेत्रमा क्रियाशील छ ।









गण्डकी विश्वविद्यालयको सकस
सम्पादकीय—कांग्रेस विवाद र आगामी चुनाव
इन्डियन आइडल विजेता प्रशान्त तामाङको हृदयघातबाट निधन
पृथ्वीनारायण शाहको दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक : मुख्यमन्त्री पाण्डे
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया