कास्की बचत संघको २५औं स्थापना दिवसमा रक्तदान

पोखरा । कास्की बचत तथा ऋण सहकारी संघ लिमिटेडले आफ्नो २५औं स्थापना दिवस रक्तदान कार्यक्रम आयोजना गरी मनाएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत आइतबार पोखरामा गरिएको खुल्ला रक्तदानमा ३६ युनिट रगत संकलन भएको छ ।
कार्यक्रममा गण्डकी प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार भेषराज रिजालले सहकारीले सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत समुदायलाई लाभान्वित बनाउनुपर्ने बताए । सहकारी भनेको केवल निक्षेप संकलन र ऋण प्रवाह गर्ने निकाय मात्र हो भन्ने बुझाइ चिर्न आवश्यक रहेको उनको भनाइ थियो ।
‘केही सहकारी संस्थाहरू सदस्यमुखी नभई सञ्चालकको स्वार्थमा चल्दा समग्र सहकारी क्षेत्रको छवि धुमिल भएको छ,’ रजिष्ट्रार रिजालले भने, ‘अब सरकार, नियमनकारी निकाय र सहकारी संघहरू मिलेर यस क्षेत्रलाई व्यवस्थित र सुदृढ बनाउनुको विकल्प छैन ।’
नेफ्स्कुनका सञ्चालक कमला गिरीले सहकारी नियमन प्राधिकरण र कर्जा सूचना केन्द्रमा दर्ता प्रक्रिया अघि बढ्नु स्वागतयोग्य रहेको बताइन् । केही संस्थाको गलत क्रियाकलापले असल अभ्यास गरिरहेका सहकारीलाई पनि एउटै डालोमा राख्ने काम भएको भन्दै उनले चिन्ता व्यक्त गरिन् । गिरीले भनिन्, ‘नियमनमार्फत दायरा फराकिलो बनाएर सहकारीलाई समृद्धिसँग जोड्नुपर्छ ।’
कार्यक्रममा जिल्ला सहकारी संघका निवर्तमान अध्यक्ष सावित्री कोइराला, हितैषी सहकारीका अध्यक्ष मदनप्रसाद आचार्य, शिवालय टोल विकास संस्थाका अध्यक्ष मिना ढकाल र शिवालय आमा समूहका अध्यक्ष कल्पना सिग्देलले शुभकामना मन्तव्य राखेका थिए ।
संघका अध्यक्ष शेरबहादुर कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष एवं संयोजक ईश्वरप्रसाद सुवेदीले स्वागत र सचिव मिनराज तिमिल्सिनाले सञ्चालन गरेका थिए । संघमा कास्की जिल्लाका ३ सय ३ वटा बचत तथा ऋण सहकारी संस्था आबद्ध छन् ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया