हिमालयन एभरेस्ट इन्स्योरेन्सको ३२औं वार्षिकोत्सवमा रक्तदान

समाधान संवाददाता २०८२ मंसिर १७ गते १४:४४

पोखरा

Advertisement

हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले आफ्नो ३२औं वार्षिकोत्सवका अवसरमा पोखरामा रक्तदान कार्यक्रम आयोजना गरेको छ । मंगलबार पोखराको न्युरोडस्थित कम्पनीको प्रादेशिक कार्यालयमा आयोजित कार्यक्रममा ३९ युनिट रगत संकलन भएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले देशभर विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ । सोही क्रममा गण्डकी प्रदेशमा रक्तदान कार्यक्रम गरिएको कम्पनीका क्षेत्रीय प्रमुख शिव सुवेदीले जानकारी दिए । उनले अन्य प्रदेशमा पनि रक्तदानलगायतका सिर्जनात्मक कार्यक्रम भइरहेको बताए ।

Advertisement

नेपाल बीमा प्राधिकरण गण्डकी प्रादेशिक कार्यालय प्रमुख शम्भुप्रसाद मिश्रको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी (निप्स) पोखरा च्याप्टरका अध्यक्ष बद्रीनाथ पौडेललगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति थियो ।

Advertisement

तपाईको प्रतिक्रिया