एनसेल एप १ करोड डाउनलोड

काठमाडौं । एनसेलका ग्राहकहरु माझ लोकप्रिय रहेको एनसेलको सेल्फ सर्भिस मोबाइल एप एनसेल एप ले १ करोड डाउनलोडको उपलब्धि हाँसिल गरेको छ । योसँगै एनसेल एप नेपालमा सबैभन्दा बढी प्रयोगहुने डिजिटल प्लेटफर्ममा स्थापित भएको छ ।
ग्राहकको डिजिटल यात्रालाई अझ सहज र आधुनिक बनाउनका लागि तयार पारिएको यो एप प्रयोगकर्ताका लागि भरपर्दो डिजिटल टुलको रूपमा झन् लोकप्रिय बन्दै गएको छ । एनसेल एपमार्फत ग्राहकले कुनै कोड डायल नगरी, एनसेल सेन्टर वा आधिकारिक बिक्रेताकोमा नगई सजिलै विभिन्न सेवा लिन सक्छन् । साधारण ब्यालेन्स रिचार्जदेखि प्याक खरिद, उजुरी दर्ता, ब्यालेन्स ट्रान्सफर, अनलाइन/अफलाइन गेम, सेवा सक्रिय/निष्क्रिय गर्ने सुविधा लगायतका धेरै सेवा उपलब्ध भएकाले यो एप सहज र निर्बाध डिजिटल सेवा अनुभव चाहने ग्राहकको पहिलो रोजाइ बनेको छ ।
एनसेलले १ करोड डाउनलोड नाघेको अवसरमा १० दिने उत्सव कार्यक्रमको घोषणा पनि गरेको छ । यस अन्तर्गत हरेक दिन १० भाग्यशाली ग्राहकले १० दिनसम्म प्रयोग गर्न सकिने १० जिबी अल टाइम डेटा पाउन सक्नेछन् । पहिलो पटक एप डाउनलोड गरी लग इन गर्ने ग्राहकहरू वा एपमार्फत कुनै न कुनै प्याक खरिद गर्ने ग्राहक १० जिबी डेटा जित्न योग्य हुनेछन् ।
‘एनसेल एपमार्फत १ करोडभन्दा बढी ग्राहक हामीसँग जोडिनु भएकोमा हामी अत्यन्त खुसी छौं । यसले हाम्रो एप ग्राहकहरूको डिजिटल दैनिकीको एक महत्वपूर्ण हिस्सा बनिसकेको स्पष्ट देखाउँछ । ग्राहक सेवा अनुभवलाई अझ उत्कृष्ट बनाउँदै, एपले ग्राहकहरुको डिजिटल यात्रालाई सरल बनाउन सहयोग पु¥याएको छ र साथै सरकारको ‘डिजिटल नेपाल’ भिजनलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा योगदान गर्दै कागजरहित र प्रभावकारी सेवा प्रवाहलाई प्रवद्र्धन गर्दै आएको छ,’ एनसेलका जिफ डिजिटल च्यानल्स एन्ड एक्सपिरियन्स अफिसर स्टिवन रोड्रिगेजले भने ।
एनसेल एप सहज प्रयोग, क्विक नेभिगेसन र ग्राहक अनुभव उत्कृष्ट बनाउने किसिमले डिजाइन गरिएको छ । यसले ग्राहकलाई आफ्नो सेवाको प्रयोग, सब्सक्रिप्सन, सक्रिय प्याकहरू सहज रूपमा हेर्न र मनपर्ने प्याकहरूको सूची बनाइ राख्न सहयोग गर्दछ । जसले आवश्यक सेवामा छिटो पहुँच सुनिश्चित गर्दछ ।
यो एनसेल एप विदेशमा रहेका नेपाली कामदार तथा यात्रुका लागि पनि महत्वपूर्ण डिजिटल सोलुसन साबित भएको छ । जसले लामो होस् वा छोटो बसाईका बेलामा ग्राहकलाई रोमिङ्मा पनि सजिलै रिचार्ज गर्न, प्याक किन्न, र आफ्नो एनसेल सिम सहज रूपमा प्रयोग गर्न सहयोग पु¥याएको छ । ग्राहकहरूले गुगल प्ले स्टोर वा एप्पल एप स्टोरमार्फत एनसेल एप डाउनलोड वा अपडेट गर्न सक्छन् ।








राखुका किसानलाई सुन्तला ढुवानीको समस्या
बागलुङका १० ठूला सडक स्तरोन्नति गरिँदै
पोखरेलको प्यानलबाट सचिवमा बागलुङका इन्द्रलाल सापकोटाको उम्मेदवारी
ओली प्यानलबाट उपाध्यक्षमा गुरुङ र सचिवमा अधिकारीसहित गण्डकीका ४१ जना उम्मेदवार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया