मदरल्यान्ड माविमा वार्षिक खेलकुद

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ७ मासवार स्थित मदरल्यान्ड माविमा बिहीबारदेखि वार्षिक खेलकुद सुरु भएको छ । ३ दिनसम्म चल्ने कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीले विभिन्न खेल गतिविधिमा सहभागिता जनाएका छन् ।
व्यक्तिगत र समूहगत रुपमा सहभागिता जनाउन पाउनेगरि विद्यालयमा खेलकुद कार्यक्रम आयोजना गरिएको विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले जानकारी दिए । ३ दिनको अवधिमा छात्र तथा छात्राको ब्याडमिन्टन, भलिवल, बास्केटबल, चेस, टेबलटेनिस र फुटसलका गतिविधि हुने छन् । आन्तरिक प्रतिश्पर्धाका आधारमा उत्कृष्ट हुने विद्यार्थीले मेडल र प्रमाणपत्रसमेत पाउने छन् ।
विद्यार्थीले व्यक्तिगत तथा समूहगत रुपमा प्रतिश्पर्धामा सहभागिता जनाएको पनि उनले बताए । आचार्यले खेल क्षेत्रमा नयाँ प्रतिभा पहिचान गर्नका लागि पनि यस्ता गतिविधि आवश्यक रहेको सुनाए ।
खेलाडीमा लुकेको खेल क्षमता देखाउने मैदान नै विद्यालय रहेको उनले बताए । ‘विद्यार्थीले विद्यालयकै मैदानमा आफ्नो क्षमता देखाउन पाउनेछन । जसले गर्दा नयाँ खेलाडी उत्पादनमा पनि सहयोग हुनेछ,’ उनले भने, ‘खेल दौरान आफूलाई अब्बल सावित गर्ने मौका विद्यार्थीले पाउने छन् ।’
विद्यालयका प्राचार्य डा नारायण बरालले बल हस्तान्तरण गर्दै कार्यक्रम उद्घाटन गरे । उक्त अवसरमा प्राचार्य बरालले विद्यालयमा हुने खेलका गतिविधि खेल्नका लागि मात्र नभई अनुशासन सिकाउने माध्यमसमेत भएको बताए ।
‘खेललाई मनोरञ्जनका गतिविधिका रुपमा मात्र बुझ्नु हुँदैन । खेल दौरान अपनाउनुपर्ने अनुशासन पनि यहाँ सिक्न पाइन्छ । किन कि खेलकुदमा अनुशासनको महत्व छ,’ उनले भने, ‘विद्यालयले पढाइका साथसाथै खेल क्षेत्रमा पनि विद्यार्थीलाई सहभागिता गराउँदै आएको छ । खेल क्षेत्रमा भविश्य खोज्नका लागि पनि यस्ता गतिविधि आवश्यक पर्छ ।’
विद्यालयले हरेक वर्ष विद्यालयमा खेलकुदका विभिन्न कार्यक्रम गर्दै आएको र भविश्यमा पनि यस्तै गतिविधि निरन्तर रहने उनले बताए । ‘कतिपय विद्यार्थीमा खेलकुदमा विशेष क्षमता हुन सक्छ । तर, अवसर नपाउँदा विद्यार्थीले क्षमता लुकाएर राख्नुपर्ने हुन सक्छ । विद्यार्थीले त्यस्ता विद्यार्थीका लागि क्षमता देखाउने मौका विद्यालयका गतिविधि हुने छन्,’ प्राचार्य बरालले भने ।









विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया