भानुभक्त आवासीयमा खेलकुद

समाधान संवाददाता २०८२ मंसिर १८ गते १७:०९

पोखरा ।
भानुभक्त आवासीय माध्यमिक विद्यालयको आयोजनामा मंगलबार सुरु भएको अन्तर सदनात्मक वार्षिक खेलकुद कार्यक्रम बिहीबार सकिएको छ । विद्यालयको खेल मैदान र पृथ्वीनारायण क्याम्पसको खेल मैदानमा ३ दिनसम्म नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीबिच प्रतियोगिता भएको हो ।

Advertisement


छात्र÷छात्रा फुटबल, भलिबल, ब्याडमिन्टन, टेबलटेनिस, रस्साकस्सी, ठेलो, रिले लगायतका खेल सदनात्मक खेल रुपमा भएका छन् । एथलेटिक्सतर्फ १००,२००,४००,८०० र १६०० मिटर तथा ४०० मिटर रिले दौड आयोजना गरियो ।


विद्यालयका सहायक प्रधानाध्यापक ज्ञानेन्द्र पौडेलले विद्यार्थीको क्षमता विकास र प्रतिस्पर्धी भावनाको विकास गराउन वार्षिक कार्यतालिकामै खेलकुद राखिएको जानकारी दिए ।

Advertisement

प्रधानाध्यापक सूर्य लामिछानेले खेलकुदले विद्यार्थीको सीप, कौशलता र रणनीति क्षमताको विकास गर्दै आपूmलाई थप प्रतिस्प्रर्धी बनाउन मद्दतसँगै शारीरिक तथा मानसिक विकास गर्ने भएकाले खेलकुद गतिविधि गर्न आवश्यक रहेकोमा जोड दिए ।


विद्यालय निर्देशक दिनेशकुमार लामिछानेले शिक्षाको माध्यमबाट मात्रै नभई खेलकुदको माध्यमबाट समेत व्यक्तित्व निर्माण गरी विद्यालयलाई समेत चिनाउन सकिने जनाए ।

Advertisement

सो अवसरमा कार्यक्रम संयोजक एवं आधारभूत तह इन्चार्ज दीपक तामाङ, प्राइमरी इन्चार्ज जानकी थापा सापकोटा, मन्टेसरी इन्चार्ज उमा गुरुङ लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया