नेपालमा ५ सय र २ सयका भारु नोट चल्ने, आरबिआईले दियो अनुमति

समाधान संवाददाता २०८२ मंसिर १९ गते ६:२०

Advertisement

काठमाडौं।

नेपालमा अब १ सय रुपैयाँभन्दा ठुला दरका भारतीय नोट (भारु) चलाउन पाइने भएको छ । भारतीय रिजर्भ बैंक (आरबिआई) ले नेपालमा ठुला दरका भारु चलाउन अनुमति दिएसँगै यसका लागि बाटो खुलेको हो ।

Advertisement

भारतीय सञ्चारमाध्यमका अनुसार आरबिआईको अनुमतिसँगै अब नेपालमा २०० र ५०० दरका भारु नोट चलनचल्तीमा आउनेछन् । यद्यपि, यो व्यवस्था कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकले औपचारिक परिपत्र जारी गर्नुपर्नेछ । राष्ट्र बैंकको निर्देशनका कारण हाल नेपालमा १०० रुपैयाँ दरका भारु मात्र चल्दै आएका छन् ।

भारतमा हाल १००, २०० र ५०० दरका नोट चलनचल्तीमा छन् । सन् २०२३ देखि भारतले २ हजार दरका नोट छाप्न बन्द गरिसकेको छ । सन् २०१६ मा भारतले ५०० र १००० दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपालमा रहेका ती दरका नोट अझै साटिएका छैनन् । सोही समस्याका कारण राष्ट्र बैंकले नेपालमा ठुला दरका भारतीय नोटको कारोबारमा रोक लगाएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया