हिंसा रोक्न अभिमुखिकरण

पोखरा ।
लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत नेपाल रेडक्रस सोसाइटी पोखरा १५ उपशाखाले अभिमुखिकरण कार्यक्रम गरेको छ । ‘प्रविधिको सही प्रयोग गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने मूल नारासहित भएको कार्यक्रममा कलाकारहरुले लैंगिक हिंसा न्यूनिकरण सम्बन्धी सचेतनामुलक नाटक प्रर्दशन समेत गरेका छन् ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका लेखा प्रमुख गणेशप्रसाद कोइरालाले रेडक्रस सम्बन्धी अभिमुखीकरण र गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रकी प्रहरी निरीक्षक चन्द्रकला भट्टराई र प्रहरी सहायक निरीक्षक खुमा थापाले डिजिटल हिंसा र प्रविधिको विषयमा सहजीकरण गरेको रेडक्रस कास्कीका कार्यसमितिका सदस्य पार्वती कार्कीले जानकारी दिइन् ।
समारोहमा पोखरा–१५उपशाखाकाका प्राथमिक उपचारका स्वयंसेवकहरू सुनिता कंडेल, गीता शर्मा, तारा बानियाँ, राधिका कार्की भण्डारी, सुमित्रा भण्डारी र मिना अधिकारीले नाटक प्रस्तुत गरेका थिए । साथै कार्यक्रममा लैंगिक हिंसा न्यूनिकरण सम्बन्धी कविता वाचन समेत गरिएको थियो ।
रेडक्रस काकी शाखाका निवर्तमान सभापति डण्डराज शर्मा पौडेलले उद्घाटन गरेको कार्यक्रममा पोखरा १५का जनप्रतिनिधिहरु बलराम पौडेल, मन्दिरा परियार, सेतीमाया गुरुङ, पोखरा १५ उपशाखाका कार्यवहाक सभापति गीता भण्डारी, लैंगिक तथा सामाजिक समावेशीकरण उपसमितिका सचिव पवित्रा थापा, रेडक्रसकर्मी माधवप्रसाद गौतम, आदर्श टोल विकास संस्थाका अध्यक्ष मिना भण्डारी लगायतले लैंगिक हिंसा न्यूनिकरणको बारेमा बोलेका थिए ।









आइटिएफ वर्ल्ड टेनिस टुरमा युल, गानुका, सु र शिवाली टेनिस फाइनलमा
एनसेल फाउन्डेसनले २ हजारभन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने
महेन्द्रपुलको फल्चा, सारंगीको धुन र नारायण गोपालका गीत
‘जेन–जी’ आन्दोलनपछि पहिलो पटक ओली–देउवा भेट, महाराजगञ्जमा ‘वान टु वान’ वार्ता
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
तपाईको प्रतिक्रिया