पोखरा बहुमुखीमा लैंगिक हिंसा विरुद्ध सचेतना

पोखरा । महिला हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा आइतबार पोखरा बहुमुखी क्याम्पसमा लैंगिक हिंसा विरुद्ध सचेतना आयोजना गरिएको छ । लैंगिक हिंसाका बिभिन्न विषयमा विद्यार्थीलाई सचेत गराई समृद्ध समाज निर्माण गर्न सघाउ पुर्याउने उद्देश्यले सामुदायिक प्रहरी र पोखरा बहुमुखी क्याम्पसको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा लिंगका आधारमा महिला तथा पुरुषले भोग्नुपरेका समस्या उजागर गर्दै यस्तो हिंसाको शिकार धेरै मात्रामा महिला हुनुपरेको तथ्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा बिभिन्न बहानामा महिलाले भोग्नुपरेका शारीरिक, मनोवैज्ञानिक, सामाजिक, आर्थिक, जातीय लगायतका हिंसाका स्वरुप, कारण र रोकथामका उपाय प्रस्तुत गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्की, सामुदायिक प्रहरी सेवाका वरिष्ठ प्रहरी नायब निरीक्षक होतबहादुर रोका, प्रहरी हवल्दार श्री काफ्ले लगायतले सहजीकरण गरेका थिए । उनिहरुले यस्ता हिंसा तथा अपराधबाट समाजमा बढ्दो मनोसामाजिक समस्या, डिटिटल जोखिम, कानुनी अधिकार तथा सुरक्षा निकायले प्रदान गर्ने सेवा, सुविधाबारे सहभागीलाई जानकारी गराएका हुन् ।
पोखरा बहुमुखी क्याम्पसकी प्रमुख शिशुकला पराजुलीले लैंगिक हिंसा नै समाज विकासको सबैभन्दा ठूलो सामाजिक समस्या भएको विचार राख्दै यसलाई निर्मूल पार्न विद्यार्थी जीवनमै सिक्नुपर्ने बताइन् । पोखरा बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष नरेन्द्रमान लालचनको अध्यक्षतामा भएको कार्यक्रममा बिद्यार्थी, प्राध्यापक र कर्मचारी गरी ७५ जनाको सहभागिता थियो ।









प्रतिनिधिसभा निर्वाचनका लागि १०७ चुनाव चिह्न तय, कुन दललाई के ?
कांग्रेस कास्की–१ मा उम्मेदवार प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ १२ र समानुपातिकमा ८ जनाको दाबी
गोरखा–२ बाट पूर्वउपरथी बाबुराम श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिने
प्रेमराजको ‘एक्लो रात’ सार्वजनिक, भाषाविद् उपाध्यायले गरे विमोचन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया