इनरह्वीलको महिला हिंसा विरुद्धबारे कानुनी सचेतना

पोखरा।
लैंगिक विभेदविरुद्धको १६ दिने अभियानअन्तर्गत पोखरामा रहेका पाँच वटा इनरह्वील क्लबहरूले संयुक्त रूपमा महिला हिंसा विरुद्धको बारे कानुनी साक्षरता कार्यक्रम सञ्चालन गरेका छन् । इनरह्वील डिस्ट्रिक ३५० अन्तर्गत पोखरामा रहेका इनरह्वील क्लब अफ पोखरा, इनरह्वील अफ पोखरा मिडटाउन, इनरह्वील अफ पोखरा न्यूरोड, इनरह्वील अफ पोखरा अन्नपूर्ण र अन्नपूर्ण जुबिनारको संयुक्त आयोजनामा शनिबार सचेतना कार्यक्रम भएको हो ।
कार्यक्रममा सहभागी महिलाहहरुले आगामी दिनमा महिलामाथि हुने विभेद र हिंसाको खुलेर विरोध गर्ने बताएका छन् । जबसम्म समाजमा विद्यमान महिलामाथिको हिंसा र विभेद अन्त्य हुँदैन, तबसम्म समाजको रूपान्तरण सम्भव नहुने धारणा उनीहरुले व्यक्त गरेका छन् ।
सहभागी महिलाहरूले मुलुकको विकास नहुनुमा महिलामाथिको हिंसा पनि एक प्रमुख कारण भएको बताएका छन् । महिलाको पक्षमा धेरै कानुन बने पनि हिंसाका कारण महिलाहरूले ती कानुनबाट लाभ लिन नसकेको उनीहरूको धारणा छ ।
कार्यक्रममा कानुनी साक्षरता दिँदै अधिवक्ता तारा शर्माले महिलाहरूले आफूमाथि भएको हिंसाको कानुनी उपचार खोज्न डराउन नहुने बताएकी छन् ।
इनरह्वील क्लब अफ पोखराकी अध्यक्ष बिन्दु केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सोनु सिग्देल, रामचौतारी आमा समूहकी अध्यक्ष मुगादेवी बास्तोला, महाकालेश्वर अभियान महिला समूहकी अध्यक्ष निर्मला सुबेदी तथा रोटरी क्लब डिस्ट्रिक ३२९२ का असिस्टेन्ट गभर्नर रविन्द्रनाथ बास्तोलाले आ–आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा स्वागत इनरह्वील क्लब अफ अन्नपूर्णकी अध्यक्ष अन्जु चालिसेले गरेकी थिइन् भने सञ्चालन इनरह्वील क्लब न्यूरोडकी अध्यक्ष मेनुका लाभाजुले गरेकी थिइन् । त्यस्तै, धन्यवाद ज्ञापन इनरह्वील क्लब अफ पोखरा मिडटाउनकी अध्यक्ष यसोदा बास्तोलाले गरेकी थिइन् ।









पोखराका अग्रज पत्रकार रुद्र थापालाई पत्नी शोक
४ महिने छोराको हत्या अभियोगमा असई पक्राउ
इनरह्वीलको महिला हिंसा विरुद्धबारे कानुनी सचेतना
१९ युनिट रगत संकलन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया