पोखराका अग्रज पत्रकार रुद्र थापालाई पत्नी शोक
समाधान संवाददाता
२०८२ मंसिर २२ गते १३:०५

पोखरा
अग्रज पत्रकार एवं समाजवादी प्रेस संगठन नेपाल कास्कीका अध्यक्ष रुद्रबहादुर थापालाई पत्नीशोक परेको छ । थापाकी पत्नी राममाया थापामगरको सोमबार निधन भएको हो । क्यान्सर रोगको उपचारकै क्रममा पोखराकै फिस्टेल अस्पतालमा निधन भएको हो ।
अहिले राममायाको शव पोखराकै पुरानो एअरपोर्ट नजिकै घरमा राखिएको छ । छोराछोरी विदेशमा रहेकाले उनीहरु आएपछि अन्तिम संस्कार गरिने भएको छ ।
६३ वर्षीया थापामगरको असामयिक निधन प्रति पत्रकारका विभिन्न संघ संस्थाले दुख व्यक्त गरेका छन् । संगठनहरुले शोक सन्देश जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनासहित शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
सम्बन्धित









पोखराका अग्रज पत्रकार रुद्र थापालाई पत्नी शोक
४ महिने छोराको हत्या अभियोगमा असई पक्राउ
इनरह्वीलको महिला हिंसा विरुद्धबारे कानुनी सचेतना
१९ युनिट रगत संकलन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया