लेखनाथ जेसीजको २८औं अध्यक्षमा न्यौपाने

लेखनाथ । लेखनाथ जेसीजको २८औं अध्यक्षको रूपमा सर्वेन्द्र न्यौपाने चयन भएका छन् । लेखनाथ जेसीजको २७औं शाखा अधिवेशन तथा २८औं वार्षिक साधारण सभाले वर्ष २०२६ का लागि न्यौपानेलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको कार्यकारिणी उपाध्यक्षमा आकाश बराल र निशान गौतम परियार चयन भएका छन् भने उपाध्यक्षमा सुशान्तमणि दाहाल, विनया जमरकट्टेल, विश्वास बराल र नवीन अधिकारी छन् ।
यसैगरी समितिको महासचिवमा रसिसहरि भण्डारी, शाखा सम्पादकमा ध्रुवराज घिमिरे, कानुनी सल्लाहकारमा मौसम बराल र कोषाध्यक्षको जिम्मेवारी सुशील ढुंगानाले पाएका छन् भने सचिवमा शिवानी केसी चयन भएकी छन् ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै गण्डकी विश्वविद्यालयका कुलपति प्राडा इन्द्रप्रसाद तिवारीले लेखनाथ जेसीजले सामाजिक सेवा, नेतृत्व विकास, युवाको क्षमता अभिवृद्धि तथा सामुदायिक विकासका क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गरेका थिए । साथै उनले आगामी दिनमा युवालाई जिम्मेवार नागरिक बनाउँदै समाज रूपान्तरणमा थप सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
नवनिर्वाचित अध्यक्ष सर्वेन्द्र न्यौपानेले आफ्नो कार्यकालमा संगठनलाई थप सशक्त, व्यवस्थित र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले युवाहरूलाई नेतृत्व, व्यक्तित्व विकास र समाजसेवामा सक्रिय गराउँदै लेखनाथ क्षेत्रको समग्र विकासमा जेसीजको योगदानलाई अझ प्रभावकारी बनाइने बताए ।
कार्यक्रममा वर्तमान अध्यक्ष कृष्ण तिवारीले आफ्नो कार्यकालभर सञ्चालन गरिएका गतिविधिहरूलाई श्रव्य–दृश्य माध्यमबाट प्रस्तुत गरेका थिए । उनले कार्यकालका सफल–असफल पक्षहरू पदाधिकारी तथा सदस्यहरूले मूल्यांकन गर्ने विश्वास व्यक्त गर्दै संस्थालाई अझ सुदृढ बनाउँदै आगामी वर्षका लागि सक्षम नेतृत्व प्रदान गर्न आफू प्रतिबद्ध रहेको बताए ।
सोही अवसरमा पोखरा महानगरपालिका वडा नम्बर ३० का वडा सदस्य विनोदप्रसाद लामिछाने, लेखनाथ उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष ध्रुवबाबु भट्टराई, नागरिक परोपकार लेखनाथका अध्यक्ष देवराज पन्थी, लेखनाथ सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष गंगाकुमारी खनाल, संस्थाका पूर्व अध्यक्ष सुरेन्द्रराज अधिकारी, निवर्तमान अध्यक्ष प्रकाश राइभाट, पूर्व अध्यक्ष ऋषिराम जमरकट्टेल, लेखनाथ जुनियर जेसीजकी अध्यक्ष शोभा केसी, पूर्व अध्यक्ष नवराज पौडेल, महासचिव सर्वेन्द्र न्यौपाने लगायतले जेसीजको महत्व, वर्तमान आवश्यकता र समाज विकासको भूमिकाबारे चर्चा गरेका थिए ।
साधारण सभामा वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत तथा पारित गर्नुका साथै आगामी कार्ययोजना र कार्यक्रमबारे समेत छलफल गरिएको थियो । सहभागीहरूले संगठनलाई अझ मजबुत बनाउन सहकार्य, अनुशासन र निरन्तर सक्रियताको आवश्यकता औंल्याएका थिए ।









गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ
विधान संशोधनका लागि कार्यशाला
पोखरा लिंकन कलेजमा बधाई
न्यु इयर इभमा उज्जनको प्रस्तुति
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया