पोखरा कलेजमा तालिम

पोखरा ।
पोखरा कलेज अफ म्यानेज्मेन्टको आयोजना तथा युनिभर्सिटी ग्रान्ट कमिसनको सहयोगमा एन्टरप्रोनियरसिप सपोर्ट प्रोग्राम अन्तर्गत ‘स्मार्ट एग्रोप्नरसिप एजुकेसन एन्ड ट्रेनिङ’ पोखरामा भएको छ ।
५ दिनसम्म चलेको ४० घन्टे कार्यक्रममा व्यावसायिक कृषिकाबारे तालिमसँगै सैद्धान्तिक पक्षबारे चर्चा भएको थियो । सोमबारको कार्यक्रममा सहभागी ३० विद्यार्थीले आ–आफ्ना कृषिका व्यावसायिक योजना प्रस्तुत गरे । तालिममा बिबिए, बिसिआइएसमा सातौं र आठौं सेमेष्टर पढ्दै गरेका तथा पछिल्लो पाँच वर्ष पास आउट विद्यार्थी सहभागी थिए ।
तीमध्येबाट छानिएका ५ सहभागीले जनही नगद १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । पुरस्कृत हुनेमा अञ्जली पौडेल, प्रवास आचार्य, निशान क्षेत्री, दीपिका रिमाल र कृतिका पराजुली छन् । कलेजका बिसिएस आइटी संयोजक हरि बरालले उनीहरुलाई शुभकामना दिए । कलेजका अध्यक्ष विनोद कायस्थले तालिमका सहभागी विद्यार्थीहरुलाई प्रमाण–पत्र प्रदान गरे ।
तालिममा उत्कृष्ट बनेका ५ विद्यार्थी काठमाण्डौमा हुने अन्तिम प्रतियोगिताका लागि समेत छानिएका छन् । काठमाडौंमा उत्कृष्टता हाँसिल गर्ने विद्यार्थीले बढीमा १ करोडसम्मको प्रस्तावमा ४० प्रतिशतसम्म विना ब्याज ऋण प्राप्त गर्ने छन् ।
अन्तिम दिन निर्णायक मण्डलमा रहेका पोखरा महानगरपालिका व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख नवराज अधिकारी, उद्यमी एवं अनुसन्धानकर्ता रवि भण्डारी र हरिलो एग्रो इन्डष्ट्रीज प्रालिका सहसंस्थापक प्रकाश आचार्य रहनुभएको थियो । रिसर्च मेनेज्मेन्ट कमिटी संयोजक डा अर्जुन सिग्देलले पनि कार्यक्रममा बोलेका थिए ।









समाधानकर्मी धनबहादुरसहित ६ जना सञ्चारकर्मी पुरस्कृत
सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया