न्यु इयर इभमा उज्जनको प्रस्तुति

समाधान संवाददाता २०८२ पुष १० गते १२:३९

पोखरा ।
पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा भाइरल गायक उज्जन शाक्य पनि गुञ्जिने भएका छन् । रेवान पोखराको आयोजनामा पोखराको लेकसाइड क्षेत्रमा हुने पोखरा सडक महोत्सवको न्यु इयर इभ विशेष कार्यक्रम हिट्स अफ नाईन्टिज अन्तर्गत पुस १६ गते बेलुका न्यु इयर इभमा श्रेष्ठको ब्यान्डले लाइभ प्रस्तुति दिने अल टेक नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए ।

Advertisement


उनले बेबी, राजमती चा, लुमन्ती, कुमारी, मतिनाया स्वाः, लिक्कलिक्क लगायतका गीत सुनाउने जनाए । सो दिन न्यु इयर इभमा एक्स नेपथ्य पनि गुञ्जिनेछ । ३ दशकपछि पोखरामा गुञ्जिने सो ब्यान्डका स्थापनाकालीन गायकहरु रविन श्रेष्ठ र गौतम गुरुङले लाइभ प्रस्तुति दिनेछन् ।


जहाँ रविन श्रेष्ठले छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले, आँगनै भरी, नक्कली कान्छी लगायतका गीत प्रस्तुत गर्दै छन् । गौतम गुरुङले जोमसोमै बजार, गण्डकीको तिरैमा, झरीले रुझेको आकास, यार्लिङ कहाँ खस्यो लगायतका चर्चित प्रस्तुत गर्ने छन् ।

Advertisement


न्यु इयर इभको साँझमा नेपथ्यसँगै डि–मर्चा, लेकाली, देउराली र उज्जन शाक्यले लाइभ ब्यान्ड प्रस्तुति दिनेछन् । सो दिन अहिलेकी भाइरल डान्सर कार्टुन क्रुजकी आस्मा विश्वकर्माको विशेष प्रस्तुति रहनेछ । न्यु इयर इभलाई स्पेसल बनाउन उनले अहिलेको भाइरल छिकिरी छिकिरी लगायतका गीतमा डान्स गर्ने छिन् ।


पोखरा कोमागाने पार्कमा हुने कार्यक्रम अन्तर्गत पुस १५ गते साँझ चर्चित ब्यान्डहरु स्वप्न सुमन र केहर एन्ड द लुङ्गाले प्रस्तुतति दिनेछन् । सो साँझ स्वप्न सुमनले जे छौं तिमी, कसरी भनूँ तिमीलाई, बाचा भयो, म तिम्रो लगायतका चर्चित गीत प्रस्तुत गर्ने छन् । त्यस्तै, केहर एन्ड द लुङ्गाले सररर, तिमीलाई सम्झेर, बैगुनी, तिमी बिनाल गायतका गीतहरु गुञ्जाउने छन् ।

Advertisement


सो दिन चक्र ब्यान्ड पनि ब्लास्ट हुनेछ । सो दिन दिउँसो भने प्रिती आले, देउराली ब्यान्डका पुराना गायक आनन्द बज्राचार्य र सन्तोष बस्यालको प्रस्तुति रहनेछ भने दिवा कार्यक्रमतर्फ लोकदोहोरी गायकहरु पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, चोलेन्द्र पौडेल लगायतको प्रस्तुति रहनेछ ।


पुस १४ गते अन्तरविद्यालय खुला नृत्य प्रतियोगिता हुनेछ भने दिउँसोदेखि साँझसम्म इन्टर स्कुल ब्यान्ड कम्पिटिसनका उपाधि विजेता तथा उपविजेताहरुको सांगीतिक प्रस्तुति रहनेछ ।

तपाईको प्रतिक्रिया