गायत्री आधारभूत विद्यालयलाई रोटरीको साथ

समाधान संवाददाता २०८२ पुष १० गते १३:२३

पोखरा ।
पोखरा १९ घार्मीमा रहेको गायत्री आधारभूत विद्यालयलाई रोटरी क्लब अफ प्याराडाइजले सहयोग गरेको छ । सामाजिक क्षेत्रमा क्रियाशील क्लबले बुधबार एक कार्यक्रमका बिच विद्यालयमा अध्ययनरत २० जना विद्यार्थीलाई कपी कलमसहितका स्टेसनरी वितरण गरेको विद्यालयका प्रधानाध्यापक प्रमिला पौडेलले जानकारी दिइन् ।

Advertisement


कार्यक्रममा रोटरी क्लबका प्रेसिडेन्ट भोजराज पाण्डे, विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरेन्द्रमणि पौडेल, शिक्षक अभिभावक संघका अध्यक्ष बाबुराम पौडेल लगायतले स्टेसनरी वितरण गरे । सोही अवसरमा क्लबले विद्यालय परिसरको फोहर संकलनका लागि डस्टबिन र २ थान ह्वाइट बोर्ड प्रधानाध्यापक प्रमिला पौडेललाई हस्तान्तरण गर्‍यो ।


कार्यक्रममा अध्यक्ष पाण्डेले रोटरीले शिक्षा, स्वास्थ्य र वातावरणीय सरसफाइका क्षेत्रमा निरन्तर रुपमा सेवा गर्दै आएको बताए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरेन्द्रमणि पौडेलले विद्यालयको शैक्षिक गुणस्तर बढाउन यस्ता सहयोगले ठूलो भूमिका खेल्ने बताए । प्रधानाध्यापक प्रमिला पौडेलले रोटरीले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै शैक्षिक गुणस्तरका लागि विद्यालय प्रतिबद्ध रहेको सुनाइन् ।

Advertisement


कार्यक्रममा क्लबका पूर्व प्रेसिडेन्ट देवेन्द्र पराजुली, शिक्षक अभिभावक संघका अध्यक्ष बाबुराम पौडेल, सचिव जसिता गुरुङ लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया