
मुस्ताङ । हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा–जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित गरेका छन् ।
नियमित उडान भर्दै आएका कम्पनीहरू समिट एयरलाइन्स र तारा एयरलाइन्सले प्रतिकूल मौसम, हिमपातको सम्भावना र पर्यटक अफसिजनका कारण हवाई सेवा स्थगित गरेको नागरिक उड्यन कार्यालय जोमसोमका प्रमुख दीपक पोखरेलले जानकारी दिए ।
प्रमुख पोखरेलका अनुसार नियमित हवाई सेवा स्थगित भएपनि चार्टर र आपत्कालीन हेली सेवा नरोकिने बताउनुभयो । तारा एयरलाइन्स मुस्ताङका स्टेशन इञ्चार्ज सुचन लालचनले कम्पनीले डिसेम्बर ४ देखि मार्च एक सम्म पोखरा–जोमसोम उडान स्थगित गरेको बताए । त्यसैगरी समिट एयरलाईन्स कम्पनीले नियमित उडान दुई महिनाका लागि स्थगित गरेको जनाएको छ ।
हिउँदयाममा मुस्ताङमा हावाहुरी चल्ने भएकाले पनि पोखरा–जोमसोम उडान प्रभावित हुने गर्छ । पछिल्लो समय बेनी–जोमसोम–कोरला सडक सहज हुँदै जान थालेपछि हवाई यात्रुको सङ्ख्या घट्दै जान थालेको छ ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









संकटमा चौंँरीपालन व्यवसाय
त्रिविविको दीक्षान्त समारोह, १६ हजार दीक्षित
कोदो, मकै फल्ने बारीभरि लटरम्म सुन्तला
पोखरा–जोमसोम हवाई सेवा ३ महिनाका लागि स्थगित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया