रविको ६० लाख धरौटी आदेश सदर

काठमाडौं ।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश सदर भएको छ । उच्च अदालत पाटनले काठमाडौं जिल्ला अदालतको आदेशलाई नै सदर गरेको हो । उनी बाहिरै बसेर मुद्दा लड्न पाउने छन् । बिहीबार उच्च अदालतले यस्तो फैसला सुनाएको हो ।
सरकारी वकिलको कार्यालयले लामिछानेलाई थुनामै राखेर मुद्दा चलाउनुपर्ने माग गरेको थियो । जिल्ला अदालतको आदेश कानुन विपरीत भएको सरकारी वकिलको दाबी थियो । उनीहरूले सो आदेश बदरको माग गर्दै पुनरावेदन गरेका थिए । तर उच्च अदालतले सरकारी माग स्वीकार गरेन । न्यायाधीशद्वय खडानन्द तिवारी र दीपककुमार खरेलको इजलासले जिल्लाकै निर्णयलाई मान्यता दिएको छ । इजलासले जिल्ला अदालतको आदेश ‘बेरीतको’ नदेखिएको ठहर गरेको हो ।
यो आदेश लामिछानेका लागि मात्र होइन । अन्य प्रतिवादीहरूको हकमा पनि यही निर्णय लागू हुनेछ । पूर्वडीआईजी छविलाल जोशी, सुनिता नेवा र कमल लामाको धरौटी आदेश पनि सदर भएको छ । जिल्ला अदालतले उनीहरूलाई पनि धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । यसअघि काठमाडौं जिल्ला अदालतले लामिछानेसँग ६० लाख धरौटी मागेको थियो । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले २०८१ माघ २ गते सो आदेश दिएको थियो ।








एनसेलले थप्यो २५० नयाँ टावर, २,२०० साइटको क्षमता अभिवृद्धि र फोरजी सेवामा सुधार
मुख्य व्यापारिक क्षेत्रमा सभा र जुलुस गर्न रोक
विद्यार्थीलाई कपडा
जनता सहकारीको रक्तदान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया