समानुपातिकमा गण्डकी उपेक्षित

समाधान संवाददाता २०८२ पुष १८ गते १२:४०

पोखरा ।
प्रतिनिधिसभा सदस्यको समानुपातिक उम्मेदवार सूची सार्वजनिक हुँदा गण्डकी प्रदेश फेरि पनि पछाडि देखिएको छ । जनसंख्या, भौगोलिक विविधता र राजनीतिक योगदानका हिसाबले महत्वपूर्ण मानिँदै आएको गण्डकीलाई प्रमुख दलले सीमित सिटमा मात्र समेटेका छन् ।

Advertisement


समानुपातिकमा १ सय १० सिट हुँदा गण्डकीका ११ जिल्लाबाट कम्तीमा १७÷१८ जना हुनुपर्नेमा पुराना दल र नयाँ भनिएका दलबाट गण्डकी उपक्षित बनेको देखिन्छ ।


एमालेबाट १२ जना
नेकपा एमालेले गण्डकी प्रदेशलाई समानुपातिकतर्फ १२ सिट दिएको छ । आदिवासी जनजाति महिलातर्फ नरदेवी पुन (म्याग्दी), शर्मिला गुरुङ (मुस्ताङ) र मीना बरामु (गोरखा) परेका छन् । आदिवासी जनजाति पुरुषतर्फ प्रेम घले (लमजुङ) र दलबहादुर गुरुङ (कास्की) समेटिएका छन् ।

Advertisement


खस आर्य महिलातर्फ केन्द्रीय सचिव पद्मा अर्याल (स्याङ्जा) र केन्द्रीय सदस्य टुकाभद्र हमाल (लमजुङ) र कल्पना शर्मा जोशी सूचीमा छन् । खसआर्य पुरुषतर्फ रामबहादुर थापा (स्याङ्जा) र दीपकबहादुर पौडेल (कास्की) अटाएका छन् । दलित क्लस्टरबाट विष्णुमाया विक, मनोहर विश्वकर्मा पौडेल (पर्वत) समानुपातिक सूचीमा परेका छन् ।


कांग्रेसबाट १२
नेपाली कांग्रेसको समानुपातिक सूचीमा गण्डकीका विभिन्न जिल्लाबाट रेनुका काउछा, शकुन्तला शर्मा (बागलुङ), संज्ञा पोखरेल पौडेल र आइबहादुर गुरुङ (कास्की), जगतबहादुर बराम (गोरखा), रोमी गौचन थकाली (मुस्ताङ), माया राना (स्याङ्जा), इन्दिरा खनाल (तनहुँ), पार्वती आचार्य (बागलुङ), संगीता घिमिरे र सुनिताकुमारी सुवेदी श्रेष्ठ (नवलपरासी) तथा सिर्जना मल्ल (पर्वत) परेका छन् ।

Advertisement


नेकपाबाट ७
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को समानुपातिक सूचीमा कास्कीकी दिलकुमारी पन्त र सोमती गुरुङ परेका छन् । गोरखाबाट डा मित्र परियार, बखानसिंह गुरुङ, कमला नहर्की, ताज मोहम्मद मियाँ र कृष्ण नेपाली सूचीमा समावेश छन् ।


रास्वपाबाट १०
राष्ट्रिय स्वतन्त्र पार्टीले गण्डकीका ११ जिल्लामध्ये १० जिल्लाबाट १० जनालाई समानुपातिक उम्मेदवार सूचीमा समेटेको छ । मुस्ताङबाट सुरेश गुरुङ, स्याङ्जाबाट भूमिबहादुर गुरुङ, तनहुँबाट मनकाजी श्रेष्ठ, डा रुपक विक घिमिरे र किशोर गन्धर्व परेका छन् ।


यस्तै, गोरखाबाट एलिजा गुरुङ, कास्कीबाट विष्णुकुमारी गुरुङ र समिउन मुस्लिम, म्याग्दीबाट दीपककुमार बोगटी तथा बागलुङबाट कलाकार प्रकाश सपुत समानुपातिक उम्मेदवार बनेका छन् । जिल्लागत रूपमा तनहुँबाट ३ र कास्कीबाट २ जना परेका छन् ।

तपाईको प्रतिक्रिया