भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए

झापा । काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज अवतरणका क्रममा दुर्घटनामा परेको छ। शुक्रबार राति भएको दुर्घटनामा सहचालक (को–पाइलट) सहित ७ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) राजन लिम्बुका अनुसार काठमाडौंबाट उडेको कलसाइन ९०१ को एटिआर–७२ जहाज राति ९:१० बजे अवतरणका क्रममा रन–वेबाट चिप्लिएको थियो। जहाज रन–वेको पूर्वतर्फ करिब ३०० मिटर पर पुगेर घाँसे झाडी र माटोमा भासिएको हो।
दुर्घटनामा ललितपुर–४ का २४ वर्षीय को–पाइलट सुशान्त श्रेष्ठ र अन्य ६ जना यात्रु घाइते भएका छन्। टाउको र अनुहारमा चोट लागेका श्रेष्ठको भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलमा उपचार भइरहेको छ। अन्य ६ जना घाइते भने सामान्य उपचारपछि ‘डिस्चार्ज’ भएर घर फर्किसकेको एसपी लिम्बुले जानकारी दिए।
प्रहरीका अनुसार घाइते हुने यात्रुहरूमा भद्रपुर–१० का ४० वर्षीय सबिन जोगी, विर्तामोड–७ की २० वर्षीया प्रेषिका अधिकारी, विर्तामोड–१ की ४२ वर्षीया सुमित्रा जोगी, दमक–१ का २८ वर्षीय कमलप्रसाद कटुवाल, काठमाडौं–१६ की ४० वर्षीया मुना घतानी र सोही ठाउँकी १६ वर्षीया प्रिया घतानी रहेका छन्।
उक्त जहाज काठमाडौंबाट शुक्रबार राति ८:२३ बजे उडेको थियो। जहाजमा ५१ जना यात्रु, ४ जना चालक दलका सदस्य र १ जना इन्जिनियर सवार थिए। दुर्घटनालगत्तै एसपी लिम्बुको कमान्डमा खटिएको ७० जनाको प्रहरी टोलीले यात्रुहरूको उद्धार गरी अस्पताल पुर्याएको थियो। रासस









पोखरा–मुग्लिन सडक आयोजना : पश्चिम खण्डको तेस्रो पटक म्याद थप
भद्रपुरमा बुद्ध एयरको जहाज दुर्घटना : को–पाइलटसहित ७ जना घाइते, ६ जना घर फर्किए
कांग्रेसको १५औं महाधिवेशन वैशाखमा, महामन्त्रीद्वयको विशेष महाधिवेशनमै अडान
इन्फरमेटिक्समा ‘म्यानेजमेन्ट मेहेम’, मदरल्यान्डको वर्चश्व
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया