सम्पादकीय—सडक स्तरोन्नतिमा म्याद थपको शृंखला

पोखरा र काठमाडौँ जोड्ने एउटामात्रै सडक पृथ्वीराजमार्ग हो । ५० वर्षअघि निर्मित यो राजमार्ग अहिले भने स्तरोन्नति भइरहेको छ । तर स्तरोन्नतिको गति हेर्दा छिटो हो कि भन्ने भान पनि धेरैलाई परिरहेको छ । किनभने काम भइरहेको पनि सडकमै देखिन्छ । तर कामको गति कछुवा पारामा छ । किनभने सरकारले दिएको ठेक्का अनुसार पोखरा–मुग्लिन सडक उहिल्यै निर्माण पूरा हुनुपर्ने हो । पश्चिम खण्डको म्याद अझै तेस्रो पटक थपिएको छ । यसैबाट थाहा हुन्छ कि कामको गति । अब यो सडक स्तरोन्नति पूरा हुन विसं २०८३ आउनुपर्छ । फेरि ऊ बेला पनि म्यादै थप पो गर्नु हुन् कि भन्ने आशंका जीवित छ ।
किनभने म्यादथपको शृंखला चलेको चल्यै छ। पटक–पटक म्याद थप्ने प्रवृत्ति विकास निर्माणमा नौलो हुन छाडेको छ
स्तरोन्नतिको काम बेलामा नसकिएको हुँदा राजमार्ग छेउछाउका बान्दिाले धुलो र हिलोको सास्ती खेप्नुपरेको छ । सडकको भौतिक प्रगति ७५ प्रतिशत मात्र भएको छ । बाँकी काम सक्न अझै डेढ वर्ष समय दिइएको छ । काममा ढिलाइ हुनुका कारणहरू सधैँ उस्तै हुन्छन् । कहिले बिजुलीका पोल बाधक बन्छन् ।
कहिले खानेपानीका पाइप सार्न ढिला हुन्छ । कहिले रुख काट्ने अनुमति पाइँदैन । यी बहानाहरू हरेक आयोजनामा सुनिन्छन् । यो ‘नाच्न नजान्ने आँगन टेढो’ भने जस्तै हो । सडक विस्तारको योजना बन्दा बिजुली र पानीको व्यवस्थापनबारे किन सोचिएन ? एउटा निकायले अर्को निकायसँग समन्वय किन गर्दैन ? विद्युत् प्राधिकरण, खानेपानी संस्थान र सडक विभागबीच तालमेल मिल्दैन । यसको मार सर्वसाधारणले भोग्नुपरेको छ । यो राज्य संयन्त्रको ठुलो कमजोरी हो ।
चीनमा यस्ता सडक रातारात बन्छन् । पृथ्वी राजमार्ग स्तरोन्नतिको ठेक्का पनि चीनकै कम्पनीले पाएको छ । तर नेपालमा किन वर्षौं लाग्छ ? यसको कारण हाम्रो फितलो अनुगमन हो । ठेकेदार कम्पनीलाई समयमै काम सक्न दबाब दिने संयन्त्र कमजोर छ ।
म्याद थप मात्र समस्याको समाधान होइन । कामको गति बढाउन कडा कदम चाल्नुपर्छ । अन्तर–निकाय समन्वयका लागि उच्च स्तरीय संयन्त्र बनाउनुपर्छ । सडक विभागले मात्र चाहेर काम हुँदैन । बिजुलीका पोल र पाइप सार्ने कामलाई युद्धस्तरमा अघि बढाउनुपर्छ । काम नगर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । ठेक्का सम्झौतामा भएका प्रावधानहरू कडाइका साथ लागु गर्नुपर्छ । ‘हात्ती आयो हात्ती आयो फुस्सा’ जस्तो अवस्था आउन दिनुहुँदैन । जनतालाई नतिजा चाहिएको छ । बहानाबाजी अब चल्दैन । अब २०८३ असार १५ गतेपछि एक दिन पनि म्याद थप्न नपरोस् ।









कवितागाउँ’ लुम्लेमा विनोद गौचनको सालिक अनावरण : १२औं स्मृति दिवसमा स्रष्टाको सम्मान
पोखरामा ३६ जना ‘गाइड’ लाई चरा चिनाउने तालिम : बर्ड टुरिजम प्रवर्द्धनमा टेवा
आन्दोलनमा जलेको राजस्व कार्यालयलाई पोउवा संघले दियो कम्प्युटर
फागुन २१ को चुनावका लागि १६५ निर्वाचन अधिकृत नियुक्त : माघ २ भित्र कार्यालय खोल्नुपर्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया