अनलाइनबाट वर्षमा १९ करोड ठगी

पोखरा । कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले पछिल्लो सयममा अनलाइन ठगीका घट्ना उल्लेख्य बढेको बताएका छन् । सामुदायिक सेवा केन्द्र एवंम सामुदायिक प्रहरी सेवाको २२ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै कास्कीमा १ वर्षमा अनलाइनबाट १९ करोड रुपैयाँ ठगी भएको बताए ।
उनले अनलाइन ठगीलाई रोक्नका लागि प्रहरी, सामुदायीक प्रहरी र स्थानीय लाग्नुपर्ने बताए । अनलाइन ठगीमा जाने बुझेकै व्यक्ति ठगिएको सुनाउँदै उनले त्यसलाई रोक्नका लागि सबै सचेत हुनुपर्ने औंल्याए । एउटै व्यक्ति अनलाइनमार्फत १ करोड २१ लाखसम्म ठगिएको उजुरी आएको उनको भनाइ छ ।
एसपी कार्कीले लेकसाइड क्षेत्रमा सवारी साधनका कारण धेरै जाम हुन थालेको बताए । त्यसको निराकरणका लागि पर्यटन व्यवसायी, प्रहरी र सामुदायीक प्रहरीले छलफल गरेर अगाडि बढ्नुपर्नेमा उनको जोड छ ।
कार्यक्रममा पोखरा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले फेवातालमा पुरिएको माटो झिक्ने काम अगाडि बढेको बताउँदै उनले केहीले मुद्धा मामिला गरी राम्रा काम रोक्ने खोजेको सुनाए । कार्यक्रममा सामुदायक प्रहरी सेवा बैदामका संस्थापक अध्यक्ष मंगल नेपाली, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष कुमारी मुना बास्तोला, वातावरण संरक्षणका लागि महाअभियानका संयोजक रामबहादुर पौडेल, महिला सञ्जाल पोखरा ६ का अध्यक्ष बबिता मल्ल लगायतले बोलको थिए ।
सामुदायिक सेवा केन्द्र एवंम सामुदायिक प्रहरी सेवा अध्यक्ष ठाकुर बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष अनिल थापा, सचिव शान्ता तिमिल्सिना र कोषध्यक्ष निर्मला थापाले पनि बोलेका थिए ।









एरिका र दिपेन्द्र वर्ष खेलाडी, पलेसालाई ट्रेलब्लेजर अफ दि इयर सम्मान
लक्ष्मी माविमा २ करोडमा पुस्तकालय भवन बन्दै
गोदरेजको अफर : लुना ज्ञवालीले पाइन् विश्वकप हेर्ने अवसर
पोखरामा शनिबार ‘बुकहिल बोनान्जा’
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया