इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायीको सभा

पोखरा । पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ कास्कीको २५ औं वार्षिक साधारण सभा तथा प्रथम चाडपर्व उपहार योजना २०८२ को उपहार सार्वजनिक कार्यक्रम शनिबार भएको छ ।
कार्यक्रममा एमआई नेपालका कार्यकारी प्रमुख सञ्जय अग्रवालले व्यवसायीहरु पहिले नेपाली नागरिक भएको स्मरण गराउँदै मुलुकको हितलाई सर्वोपरी राखेर व्यवसाय गर्नुपर्नेमा जोड दिए ।
राज्यसँग लिनुपर्ने विषयबारे संवाद र छलफलबाट समाधान हुनुपर्ने उल्लेख गर्दै उनले व्यवसायीलाई निरुत्साहित गर्ने वातावरण अन्त्य गर्न सरकार गम्भीर हुनुपर्ने विचार राखे । व्यवसाय गरेकै कारण अनावश्यक आरोप र प्रहरी हिरासतसम्म पुग्नुपर्ने अवस्था सिर्जना भएपछि व्यवसायिक सुरक्षाका लागि महासंघ गठन गरिएको अग्रवालले सुनाए ।
आचरणसहितको व्यवसाय, रोजगारी वृद्धि र स्वदेशी उत्पादनको प्रयोगमा प्राथमिकता दिन उनले आग्रह गरे । नेपाल मोबाइल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सोभियत प्रसाईंले छोटो समयमै महासंघको सञ्जाल ७२ जिल्लामा विस्तार भएको जानकारी दिए । व्यवसायीबीच एकता नहुँदा कम्पनीको मनोमानी बढेकाले महासंघको आवश्यकता परेको उनको भनाइ छ ।
पोखरा इलेक्ट्रोनिक्स तथा मोबाइल व्यवसायी संघ कास्की अध्यक्ष चिन्तामणि खरेलले २०५७ सालमा स्थापना भएको संघले २०८२ सम्म आइपुग्दा छुट्टै पहिचान बनाएको जनाए । जेन्जी आन्दोलन, युवा विदेश पलायन, आर्थिक मन्दी जस्ता कारणले व्यवसाय प्रभावित भएको उनको भनाइ छ । पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिए पनि आवश्यक भौतिक पूर्वाधारको विकास नहुँदा अपेक्षित लाभ नपाएको गुनासो उनले गरे ।
पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतम र पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष उमराज बास्तोलाले व्यवसायी संरक्षणमा आफूहरू प्रतिबद्ध रहेको जनाए । सभाले अध्यक्ष खरेलले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन, महासचिव रामचन्द्र तिवारीको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष दुर्गानाथ लामिछानेको आर्थिक प्रतिवेदन छलफलपछि सर्वसम्मत पारित गरेको छ ।
यसैबीच, चाडपर्व उपहार योजना २०८२ अन्तर्गत कुपन नम्बर २२२१७ ले मोटरसाइकल, ३३६३१ ले स्कुटर, ४३४१९ ले टेलिभिजन सेट पाएका छन् । यस्तै, कुपन नम्बर ०४००४, ०४५३५, २९३३१, ४७१९२, ३५१७९ र १८९०९ ले स्मार्ट मोबाइल पाएका छन् ।
कार्यक्रमअघि आइतबार बिहान बास्तोलाथरबाट बाजागाजासहितको प्रभातफेरी ¥याली निकालिएको थियो । ¥याली नयाँबजार, महेन्द्रपुल र चिप्लेढुंगा हुँदै पुन बास्तोलाथर पुगेर सभामा परिणत भएको थियो । कार्यक्रमाम संघका वरिष्ठ उपाध्यक्ष होमविलास सापकोटा, उपेन्द्र पौडेलले पनि बोलेका थिए ।









पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया