‘खाद्य सुरक्षामा सचेतना जरुरी’

लेखनाथ । हरेक दिन प्रयोग हुने खाद्य पदार्थ स्वच्छ हुनका लागि स्वयम उपभोक्ता नै जिम्मेवार हुनुपर्नेमा शुक्रबार लेखनाथमा आयोजित कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कास्कीले पोखरा २६ को बढीबजार बजार व्यवस्थापन समितिसँग मिलेर आयोजनामा गरेको खाद्य दाना ऐन नियम मापदण्डबारे अन्तरक्रियामा उनीहरुले राज्यले तोके बमोजिमको खाद्य वस्तु उत्पादनदेखि उपभोक्ताको मुखसम्म नपुग्दासम्म स्वच्छ र खान योग्य हुनुपर्ने सुझाव दिए ।
लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका अधिकारी पराजुली बजारमा पाइने हरेक खाद्य वस्तुमा लेबलिङसहित प्रयोग योग्य मिति उल्लेख गरी बिक्री गर्न राज्यको निकायले कडाई गर्नुपर्नेमा जोड दिइन् । संघका प्रथम उपाध्यक्ष विक्रम कर्माचार्यले मानव स्वास्थमा गम्भीर असर पुर्याउने वस्तुको उत्पादनदेखि बिक्री गर्नेलाई करवाहीको दायरामा ल्याउन सक्ने हो भने मिसावट र अखाद्य वस्तुका उत्पादक निरुत्साहित हुने सुनाए ।
कार्यक्रममा खाद्य अनुसन्धान अधिकृत शिवजी बरालले खाद्य पदार्थको स्वच्छता तथा ऐन नियम र मापदण्डबारे प्रकाश पारे । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका अधिकृत बिजन श्रेष्ठले खाद्य स्वच्छन्दता र गुण नियन्त्रणबारे प्रशिक्षण दिए ।
कार्यक्रममा बुढीबजार बजार व्यवस्थापन समितिका सहसचिव किसान थापा, सचिव सुमित्रा बञ्जारा र अध्यक्ष आनन्द बजगाईंले पनि बोलेका थिए ।









पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया