मनास्लुमा १५ हजार विदेशी

गोरखा । सन् २०२५ भरि १५ हजार विदेशी पर्यटकले मनास्लु क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । बेमौसमी बाढी, पहिरो, हिमपात र जेनजी आन्दोलनका बाबजुद पनि मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या वृद्धि भएको हो ।
त्यसअघि २०२४ मा मनास्लु क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको संख्या १ हजार २ हजार ८ सय थियो । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले तयार गरेको अभिलेख अनुसार सन् २०२५ भरि १४ हजार ९ सय ८० जना पर्यटक गोरखाको मनास्लु क्षेत्र भित्रिएका छन् । चौध हजार ७ सय ३८ विदेशी, सार्क राष्ट्रबाट ३ सय ४४ र २ सय ४० जना स्वदेशी पर्यटक भित्रिएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले जनाएको छ ।
एमक्याप प्रमुख सन्तोष शेरचनका अनुसार मनासलु क्षेत्र प्रवेश गर्नका लागि १४ हजार ७ सय २१ जनाले अनलाइनमार्फत अनुमति लिएका थिए । यस्तै, १७ जना पर्यटकले एमक्यापको जगत र सामागाउँस्थित चेकपोस्टबाट अनुमति लिएको उनले जानकारी दिए ।
सन् २०२५ मा पर्यटन भित्रिएबापत ३ करोड ८५ लाख ८६ हजार संरक्षण क्षेत्र प्रवेश शुल्क संकलन भएको एमक्याप प्रमुख शेरचन बताउनुहुन्छ । जसमध्ये सार्क राष्ट्रका पर्यटकबाट ३ लाख ४४ हजार र नेपाली पर्यटकबाट ४८ हजार संकलन भएको छ ।
मनास्लु क्षेत्र प्रवेशका लागि सार्क राष्ट्रका पर्यटकले प्रतिव्यक्ति १ हजार र अन्य राष्ट्रका पर्यटकले ३ हजार बुझाउनुपर्ने व्यवस्था रहेको छ । ‘पर्यटकले काठमाडौंको भृकुटीमण्डप र पोखराको ड्यामसाइट स्थित काउन्टरमा प्रवेश दस्तुर बुझाउनुपर्ने प्रावधान छ’, उनले भने, ‘यी दुवै ठाउँमा प्रवेश दस्तुर शुल्क नबुझाएका पर्यटकले सो क्षेत्र प्रवेश गर्न एमक्यापको जगत र सामागाउँस्थित चेकपोष्टमा दोब्बर दस्तुर तिर्नुपर्ने प्रावधान छ ।’
नेपाली पर्यटकको हकमा भने प्रतिव्यक्ति १ सय प्रवेश शुल्क तोकिएको उनी बताउँछन् । यसअघि विदेशी पर्यटकको मात्र विवरण संकलन गर्ने गरेको एमक्यापले सन् २०२५ बाट भने नेपाली पर्यटकको विवरणसमेत राख्न सुरु गरेको उनले जानकारी दिए ।
मनास्लु क्षेत्रमा बर्सेनि पर्यटकको संख्या बढिरहेको छ । एमक्याप प्रमुख सन्तोष शेरचन भन्छन्, ‘स्रोत, साधनको प्रयोग गरेर पर्यटकको राम्रो व्यवस्थापन गर्ने होभने केही वर्षमा मनास्लु क्षेत्र नेपालकै चर्चित पर्यटकीय गन्तव्य बन्न सक्छ ।’ मनासलुमा हरेक वर्ष उल्लेखनीय रूपमा पर्यटकको सङ्ख्या बढ्दै गएको उनको भनाइ छ ।
एमक्यापको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ मा ९ हजार ७ सय ८२ जना, आव २०७९/८० मा ७ हजार ७ सय ५ र आव २०७८/७९ मा २ हजार २ सय ८४ जना पर्यटकले मात्र पर्यटकले मनासलु क्षेत्र भ्रमण गरेका थिए । बर्सेनि पर्यटकको संख्यामा वृद्धि हुँदै जानु सुखद भएको एमक्याप प्रमुख शेरचनको भनाइ छ ।
सो क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या २०७७/७८ मा सबैभन्दा कम अर्थात् जम्मा १ सय ९४ जना, आव २०७६/७७ मा ५ हजार ३ सय ३८ र आव २०७५/७६ मा ७ हजार ६ सय ५५ जना रहेको थियो ।









एरिका र दिपेन्द्र वर्ष खेलाडी, पलेसालाई ट्रेलब्लेजर अफ दि इयर सम्मान
लक्ष्मी माविमा २ करोडमा पुस्तकालय भवन बन्दै
गोदरेजको अफर : लुना ज्ञवालीले पाइन् विश्वकप हेर्ने अवसर
पोखरामा शनिबार ‘बुकहिल बोनान्जा’
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया