आदर्श कृषक समूहमा शिवको नेतृत्व

पोखरा । पोखरा १३ आर्वा स्थित आदर्श अर्गानिक कृषक समूहको अध्यक्षमा शिवप्रसाद बराल निर्वाचित भएका छन् । समूहको शनिबार भएको तेस्रो अधिवेशनले सर्वसम्मत नयाँ समिति चुनेको हो ।
उपाध्यक्ष सीता ढुंगाना सिग्देल, सचिव राजनकुमार सिग्देल, सहसचिव मदन बराल र कोषाध्यक्षमा श्रीराम बराल छन् ।
कार्यसमिति सदस्यमा रुद्रनाथ बराल, शंकरबहादुर बराल, सीता परियार र लक्ष्मी पौडेल छन् । श्रीराम सिग्देलको संयोजकत्वमा नरबहादुर बराल, ऋषिराम सिग्देल, लक्ष्मी देवकोटा तथा विष्णुप्रसाद बराल सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत नयाँ नेतृत्व चुन्न सहजीकरण गरेको हो ।
सभामा समूहका संस्थापक अध्यक्ष कृष्णप्रसाद सिग्देलले कृषक समूहले गरेका गतिविधि तथा कृषि उत्पादनमा निभाएको भूमिका उल्लेखनीय भएको बताए । कृषि व्यवसायमा लागेर पनि अब बाँच्न सकिने अवस्था आएको भन्दै उनले स्थानीय सरकार र समाजका सरोकारवालाले यो क्षेत्रलाई साथ दिनुपर्नेमा जोड दिए ।
समूहका सल्लाहकार श्रीराम सिग्देलले समयानुकूल कृषिमा प्रविधिसँगै उपकरणको प्रयोग गर्दै उत्पादनमा जोड दिनुपर्ने विचार राखे । उनले कृषि व्यवसायलाई आत्मनिर्भर बनाउन कृषक र उत्पादन बढ्नुपर्नेमा जोड दिए । समूहका अध्यक्ष शिवप्रसाद बरालले आर्वा तरकारीको पकेट क्षेत्र भएको जनाउँदै कृषि उत्पादन गरी कृषकलाई आत्मनिर्भर बनाउन लाग्नुपर्ने विचार राखे ।
कार्यक्रममा जागरण आमा समूहकी अध्यक्ष लक्ष्मी देवकोटा, समाजसेवी नरबहादुर बराल, सल्लाहकारहरु ऋषिराम सिग्देल, श्रीकान्त सिग्देल, विष्णुप्रसाद बराल, समूहकी उपाध्यक्ष सीता ढुंगाना सिग्देल, सचिव राजनकुमार सिग्देल लगायतले बोलेका थ्एि ।









पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया