शिवशक्ति माविका प्रधानाध्यापक बास्तोलाको बिदाइ

समाधान संवाददाता २०८२ पुष २० गते १३:५४

पोखरा ।
पोखरा ११ फूलबारीमा रहेको शिवशक्ति माविमा विगत ३३ वर्ष अध्यापन गरी साढे दुई दशक प्रधानाध्यापकको जिम्मेवारी बहन गरेका शम्भु बास्तोलालाई विद्यालयले बिदाइ गरेको छ । विद्यालयले शुक्रबार विशेष कार्यक्रमको आयोजना गरी बास्तोलाको बिदाइ गरेको हो ।

Advertisement


उनलाई विद्यालयको तर्फबाट अबिर, माला र दोसल्ला ओढाएर सम्मान गरिएको थियो भने सम्मानपत्र र मायाको चिनोको रूपमा करुवा उपहार दिइयो ।


विद्यालय व्यवस्थापन समिति अध्यक्ष रवीन्द्रनाथ बास्तोलाको अध्यक्षतामा भएको समारोहमा वडा नम्बर ११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य, व्यवस्थापन समितिका पूर्वअध्यक्षहरू माधवप्रसाद बास्तोला, दामोदर बास्तोला र योगराज बास्तोला, पूर्वविद्यार्थी हरिप्रसाद बास्तोला, विद्यालय निरीक्षक कृष्णप्रसाद भण्डारी, निमित्त प्रधानाध्यापक बालकृष्ण बास्तोला, शिक्षक प्रतिनिधि रजनी भुजेल र विद्यार्थी सबिना पुरीले विद्यालयको समग्र विकासमा बास्तोलाले पु¥याएको योगदानको चर्चा गरे ।

Advertisement


प्रधानाध्यापक बास्तोलाले विद्यालयको हितका लागि आउने दिनमा सक्ने सहयोग पु¥याउने प्रतिबद्धता गरे । कार्यक्रम सञ्चालन शिक्षक प्रकाश पौडेलले गरे ।

Advertisement

तपाईको प्रतिक्रिया