राजनीति राष्ट्र सेवाको माध्यम हो, पेसा बनाउनु हुँदैन : मीलन थापा

समाधान संवाददाता २०८२ पुष २० गते १४:५६

पोखरा । राजनीतिलाई पेसा नभई राष्ट्र सेवाको सबैभन्दा नजिकको माध्यम बनाउनुपर्नेमा समाजसेवी मीलन थापाले जोड दिएकी छन्। झन्डै १५ वर्षदेखि विभिन्न सामाजिक संस्थामार्फत समाज सेवामा नेतृत्वदायी भूमिका निर्वाह गरेकी थापाले पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भएसँगै आफ्नो राजनीतिक यात्रालाई सुशासन र विकासको उद्देश्यसँग जोडेकी हुन्। मानिसको जन्मदेखि मृत्युसम्म राजनीति कतै न कतै जोडिने भएकाले यसबाट कोही पनि अछुतो रहन नसक्ने उनको तर्क छ।

Advertisement

समाजसेवासँगै अब राजनीतिक माध्यमबाट राष्ट्र सेवाका लागि अग्रसर भएको थापाले बताइन्। उनले झन्डै १० वर्षदेखि नेपाली कांग्रेसमा रहँदा पाएको स्थान र भूमिकाप्रति सदैव आभारी रहने उल्लेख गर्दै पुरानो पार्टीप्रति कुनै गुनासो नरहेको स्पष्ट पारिन्। ‘नेपाली कांग्रेसप्रति मेरो कुनै गुनासो भएर अर्को पार्टीमा प्रवेश गरेको भन्ने नबुझिदिनुहोला,’ थापाले भनिन्, ‘धेरै साथीहरूको अनुरोध र आफ्नो सहजतालाई ध्यान दिँदै स्वनिर्णय गरी रास्वपा रोजेकी हुँ।’ उनले आफ्नो इच्छा र अनुकूलता अनुसार राजनीतिमा कति क्रियाशील हुने भन्ने कुरा व्यक्तिमै निर्भर रहने बताएकी छन्।

अब रास्वपाको उद्देश्य र घोषणापत्र अनुसार इमानदारिता र निष्ठाका साथ अगाडि बढ्ने उनले प्रतिबद्धता जनाएकी छन्। देशमा सुशासन र विकासका लागि आफ्नो पनि केही योगदान रहोस् भन्ने उद्देश्यले नयाँ राजनीतिक यात्रा सुरु गरेको थापाले उल्लेख गरिन्। राजनीतिलाई पेसा बनाउनुको सट्टा सच्चा मनले राष्ट्र सेवामा लाग्नुपर्ने उनको धारणा छ। पोखरामा शनिबार आयोजित एक कार्यक्रममार्फत उनी रास्वपामा प्रवेश गरेकी थिइन्।

Advertisement

तपाईको प्रतिक्रिया