पोखरा महानगरको राजस्व प्रणालीमा समस्या, कर छुटको अवधि बढाउन माग

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष किरण बरालले महानगरको राजस्व प्रणालीमा देखिएको समस्या समाधान गर्न र कर छुटको समयावधि थप गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका छन्।
महानगरपालिकाद्वारा कर संकलनका लागि प्रयोगमा ल्याइएको ‘सूत्र रेभिन्यू मोडल’ पटक पटक बिग्रँदा सेवाग्राहीले सास्ती भोग्नुपरेको उल्लेख गर्दै उनले पुस १८ गते प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाएका हुन्। राजस्व प्रणाली अवरुद्ध हुँदा कर तिर्न आएका सेवाग्राही लामो समयसम्म प्रतीक्षा गर्न बाध्य भएको र कतिपय अवस्थामा कर नतिरी फर्किनुपर्ने अवस्था सिर्जना भएको बरालले बताए।
व्यस्त जीवनशैलीका बाबजुद राष्ट्रलाई स्वेच्छिक रूपमा कर तिर्न आउने नागरिकले एउटै कामका लागि पटक पटक कार्यालय धाउनुपर्ने अवस्था दुखद र चिन्ताजनक रहेको ज्ञापनपत्रमा उल्लेख छ। प्रविधिमा आधारित सेवा प्रवाहलाई सहज र भरपर्दो बनाउनुपर्नेमा बारम्बार प्रणाली अवरुद्ध हुनु चुनौतीका रूपमा रहेको वडा अध्यक्ष बरालले औंल्याए।
‘राजस्व प्रणाली अवरुद्ध हुँदा सेवाग्राहीको समय खेर जानुका साथै महानगरपालिकाप्रतिको विश्वासमा समेत नकारात्मक असर परेको देखिन्छ,’ उनले भने। उनले राजस्व प्रणालीलाई सरल, छिटो, छरितो र नियमित रूपमा सञ्चालन हुने व्यवस्था मिलाउन महानगर प्रशासनसँग माग गरेका छन्।
सेवाग्राहीमैत्री, पारदर्शी र प्रभावकारी सेवा प्रवाह नै पोखरा महानगरको पहिचान बन्नुपर्ने अपेक्षा बरालले व्यक्त गरे। प्राविधिक समस्याका कारण सेवाग्राहीले चाहेको समयमा कर तिर्न नपाएको अवस्थालाई मध्यनजर गर्दै उनले राजस्व छुटको समयावधि थप गर्न समेत अनुरोध गरेका छन्। हाल पुस मसान्तसम्म तोकिएको कर छुटको समयावधिलाई बढाएर चैत मसान्तसम्म पुर्याउन उनले ज्ञापनपत्रमार्फत माग गरेका हुन्। प्रणालीलाई स्थायी र भरपर्दो नबनाएसम्म सेवा प्रवाह प्रभावकारी हुन नसक्ने भन्दै उनले महानगरको ध्यानाकर्षण गराए।









सामाजिक सञ्जालबाट हुने दुष्प्रचार रोक्न विशेष संयन्त्र बनाइने
कांग्रेसमा चर्कियो विशेष महाधिवेशनको किचलो : कार्यवाहक सभापतिले बुझेनन् ध्यानाकर्षण पत्र
एपीएफ क्लबलाई ३३औँ त्रिवेणी कपको उपाधि
नक्कली नोट छाप्ने मेसिन र उपकरणसहित पक्राउ
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
तपाईको प्रतिक्रिया