निबन्ध लेखनमा धवलागिरि स्कुलकी याङ्सी अधिकारी प्रथम

पोखरा । हेमजा युनाइटेडले आयोजना गरेको अन्तर विद्यालय स्तरीय आधारभूत तह निबन्ध लेखन प्रतियोगितामा धवलागिरि बोर्डिङ स्कुलकी याङसी अधिकारी प्रथम भएकी छन् । ‘शान्तिको खोजीमा बुद्ध’ विषयमा शनिबार आयोजित प्रतियोगितामा धवलागिरि बोर्डिङ स्कुलकै माधवी पौडेल दोस्रो र हेमजा बोर्डिङ स्कुलकी एली शर्मा तेस्रो भइन् । हेमजा युनाइटेडकी सौरभि साहीले सान्त्वना स्थान प्राप्त गरेको आयोजकले जनाएको छ ।
विजेतालाई क्रमशः ३ हजार, २ हजार, १ हजार र सान्त्वना स्थान हासिल गर्नेलाई ५ सय रुपैयाँ नगद पुरस्कार प्रदान गरियो । नगदका साथै उनीहरूलाई गौतम बुद्धको चित्र अंकित मायाको चिनो र प्रमाणपत्रले सम्मान गरिएको हेमजा युनाइटेडका कार्यसमिति सदस्य एवं कार्यक्रम संयोजक मनोज त्रिपाठीले जानकारी दिए । अन्य सहभागी विद्यार्थीलाई पनि सहभागिताको प्रमाणपत्र दिइएको थियो । साहित्यकार एवं प्राध्यापक शिव त्रिपाठीले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
हेमजा युनाइटेडले खेलकुदसँगै सामाजिक र प्राज्ञिक क्षेत्रमा पनि सक्रियता देखाएर उदाहरणीय काम गरेको गौरीशंकर माध्यमिक विद्यालयका प्राचार्य अम्बर कुँवरले बताए ।
हेमजा बोर्डिङ स्कुलका प्रबन्ध निर्देशक माधवशरण पौडेल, ज्ञानसागर एकेडेमीका प्राचार्य शंकरमणि त्रिपाठी, धवलागिरि बोर्डिङका शिक्षक विनोद रेग्मी र दिव्य ज्योति आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिदानन्द त्रिपाठीले युनाइटेडले वार्षिक क्यालेन्डर नै बनाएर गरेका गतिविधि पोखरा–२५ हेमजाकै लागि गौरवको विषय भएको उल्लेख गरे ।
हेमजा युनाइटेडका अध्यक्ष कृष्णमान श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन सचिव महादेव अधिकारीले गरेका थिए । पछिल्लो समय हेमजा क्षेत्रमा सक्रिय रहेका संस्थाहरुमध्ये युनाइटेडले खेलकुद बाहेकका रचनात्मक र सामाजिक क्रियाकलापमा पनि आफूलाई स्थापित गर्दै लगेको सहभागी वक्ताहरूले बताए । पुस १९ गते सम्पन्न यस कार्यक्रमले विद्यार्थीको लेखन कला विकासमा सहयोग पुग्ने विश्वास आयोजकले लिएको छ ।









सामाजिक सञ्जालबाट हुने दुष्प्रचार रोक्न विशेष संयन्त्र बनाइने
कांग्रेसमा चर्कियो विशेष महाधिवेशनको किचलो : कार्यवाहक सभापतिले बुझेनन् ध्यानाकर्षण पत्र
एपीएफ क्लबलाई ३३औँ त्रिवेणी कपको उपाधि
नक्कली नोट छाप्ने मेसिन र उपकरणसहित पक्राउ
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
तपाईको प्रतिक्रिया