सामीप्य समाजमा दोहोरिए बोधराज

पोखरा । स्याङ्जाको दरौंखोलाबाट पोखरा आई बसोबास गर्नेहरूको संस्था सामीप्य समाजको तेस्रो अधिवेशनले बोधराज गौतमको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
कालिस्थान, ठुलाकोटमा आयोजित रमाइलो वनभोजका साथमा सम्पन्न साधारण सभा तथा अधिवेशनले गौतमलाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।
समितिको उपाध्यक्षमा गङ्गाराम पौडेल, सचिवमा मीनप्रसाद तिवारी, कोषाध्यक्षमा मञ्जु कार्की र सहसचिवमा सीता कार्की चुनिएका छन् ।
कार्यसमितिका सदस्यहरूमा सोवित रोका, क्याप्टेन मीन कार्की, क्याप्टेन गुप्त बहादुर रोका, गंगा केसी, टीकाराम पौडेल र प्रेमबहादुर क्षेत्री चयन भएका छन् ।
दिदीबहिनी क्वालिटी सर्कलको संयोजकमा जमुना खड्का र सहसंयोजकमा लता क्षेत्री चयन भएको समाजले जनाएको छ । दरौँखोलाबाट पोखरा आएकाहरूबीच भाइचारा र आत्मीयता बलियो बनाउने उद्देश्यले समाजले यस्ता कार्यक्रम गर्दै आएको छ ।
कार्यक्रमका प्रमुख अतिथि एवं संस्थाका संरक्षक डा. वेदबहादुर क्षेत्रीले संस्थाले गरेका गतिविधिको प्रशंसा गर्दै समाज दुखसुखको साझा चौतारी बन्नुपर्ने बताए । ‘यो संस्थाले आपसी सम्बन्धलाई कसिलो बनाउन महत्वपूर्ण भूमिका खेलेको छ र भविष्यमा पनि यसले भाइचाराको सम्बन्ध अझै बलियो बनाउनेछ,’ क्षेत्रीले भने ।
समाजले संस्थागत योगदान पुर्याएका संस्थापक अध्यक्ष शोभित खड्का, निवर्तमान सचिव डोलराज अर्याल, सहसचिव डिल्लीराम अर्याल, कोषाध्यक्ष जमुना अर्याल र अञ्जु क्षेत्रीलाई सम्मान गरेको छ । क्वालिटी सर्कलकी संयोजक माया न्यौपाने र सदस्य शान्ति गोदारलाई पनि संस्थागत कदर गर्दै सम्मान गरिएको छ ।
समाजले सदस्यका परिवारबाट शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई समेत पुरस्कृत गरेको छ । जसमा एसइईमा ४ जिपिए ल्याउने इसिभा पौडेल र कक्षा १२ को बोर्ड परीक्षामा सर्वोत्कृष्ट जिपिए ल्याउने सञ्जल गौतम सम्मानित भएका छन् ।
उपाध्यक्ष गङ्गाराम पौडेलले स्वागत मन्तव्य राखेको कार्यक्रममा सदस्य मञ्जु कार्की, संस्थापक अध्यक्ष शोभित खड्का, सल्लाहकार शिवप्रसाद अर्याल, संरक्षक वद्री रोका र प्रेमनारायण पौडेलले आफ्ना भनाइ राखेका थिए । बोधराज गौतमको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन सचिव नम रोकाले गरेका थिए ।









भरियादेखि ट्रेकिङ कम्पनी मालिकसम्म
होमस्टेले फेरिएको कालाबाङ
सम्पादकीय—कांग्रेसको किचलो
चुनावले एसइई प्रभावित : प्रश्नपत्र छाप्न ढिलाइ हुँदा परीक्षा सर्ने निश्चित
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया