त्रिवेणी इन्टरनेसनल कलेजमा विद्यार्थीलाई स्वागत

पोखरा । त्रिवेणी इन्टरनेसनल कलेजको विद्यार्थी कल्याणकारी समितिले स्नातक तहका २१७ जना नयाँ विद्यार्थीलाई शुक्रबार एक कार्यक्रमका बीच स्वागत गरेको छ ।
लेखनाथमा आयोजित समारोहमा बिबिएस प्रथम वर्षमा भर्ना भएका विद्यार्थीलाई स्वागत गरिएको हो । हाल यस कलेजमा स्नातक र स्नातकोत्तर तह गरी जम्मा ६ सय ४९ जना विद्यार्थी अध्ययनरत रहेको कलेजले जनाएको छ ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिका वडा नम्बर ३० का अध्यक्ष दुर्गाप्रसाद सुवेदीले विद्यार्थीको अध्ययनसँग अभिभावक र कलेजको सपना जोडिएकाले अनुशासित भएर पढ्न आग्रह गरे ।
प्लस टु उत्तीर्ण गरी स्नातक तहमा प्रवेश गरेका विद्यार्थी अब थप जिम्मेवार बन्नुपर्ने उनको भनाइ थियो । ‘लेखनाथमा दुईवटा विश्वविद्यालय हुँदाहुँदै पनि निजी क्षेत्रबाट सञ्चालित त्रिवेणी कलेजमा विद्यार्थीको आकर्षण बढ्नु यहाँको चुस्त व्यवस्थापनको नतिजा हो,’ सुवेदीले भने ।
कलेज व्यवस्थापन समितिका अध्यक्ष सुमन भट्टराईले अभिभावकको विश्वास, विद्यार्थीको मिहिनेत र शिक्षकको समन्वयका कारण कलेजले उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताए ।
उनले कलेजबाट उत्पादित जनशक्ति व्यवस्थापनका लागि लेखनाथका विभिन्न संघसंस्थासँग सहकार्य भइरहेको जानकारी दिए । ‘नयाँ विद्यार्थीका समस्या समाधान गर्न कलेज सधैँ तयार छ र हामी गुणस्तरीय शिक्षामा कुनै सम्झौता गर्दैनौँ,’ भट्टराईले भने ।
विद्यार्थी कल्याणकारी समितिका अध्यक्ष विवेक केसीको अध्यक्षतामा भएको कार्यक्रममा कलेज सञ्चालक समितिका पूर्व अध्यक्ष बाबुराम गिरी, निवर्तमान क्याम्पस प्रमुख यदुराज आचार्य र कल्याणकारी समितिका संस्थापक अध्यक्ष कमल गौतमले विद्यार्थीलाई आफ्नो भविष्यप्रति सचेत रहन सुझाव दिए ।
समितिका उपाध्यक्ष स्वच्छन्द आत्रेय र अमिसा तिवारीले पनि नयाँ विद्यार्थीलाई स्वागत गर्दै कलेजको वातावरणबारे जानकारी दिएका थिए । स्नातक तहका विद्यार्थीले गीत तथा संगीत प्रस्तुत गरेको उक्त कार्यक्रमको सञ्चालन कविता भट्टराई र विनोद विकले गरेका थिए ।









लक्ष्मी माविमा २ करोडमा पुस्तकालय भवन बन्दै
गोदरेजको अफर : लुना ज्ञवालीले पाइन् विश्वकप हेर्ने अवसर
पोखरामा शनिबार ‘बुकहिल बोनान्जा’
कांग्रेसको संस्थापनइतर पक्षद्वारा पुस २७ र २८ मा विशेष महाधिवेशन आह्वान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया