पोखरा युनाइटेड एकेडेमी भलिबलको प्रदेश स्तरीय प्रतियोगिताका लागि छनोट

समाधान संवाददाता २०८२ पुष २० गते १८:०२

पोखरा ।
कास्की जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै पोखरा युनाइटेड एकेडेमीको भलिबल टोली प्रदेश स्तरीय प्रतियोगिताका लागि छनोट भएको छ।

Advertisement


यसअघि पोखरा महानगरपालिका स्तरीय प्रतियोगितामा प्रथम भएपछि टोली जिल्ला स्तरीय प्रतियोगिताका लागि छानिएको थियो। जिल्ला तहको खेलमा पनि प्रथम स्थान प्राप्त गरेपछि टोलीले अब गण्डकी प्रदेश स्तरीय प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगितामा समूहगत जितसहित विद्यालयका दुई विद्यार्थीले व्यक्तिगत पुरस्कार समेत प्राप्त गरेका छन्। विद्यार्थी सुप्रिम भुजेलले ‘वेस्ट सेटर’ र अजय सुनारले ‘उदीयमान खेलाडी’ को पुरस्कार प्राप्त गरे।


विद्यालयमा अन्तर्राष्ट्रिय रेफ्री तथा प्रशिक्षक तहलसिंह थापाले विद्यार्थीहरूलाई भलिबल प्रशिक्षण दिँदै आएका छन्।

Advertisement

तपाईको प्रतिक्रिया