सुजल डेरीले ल्यायो ‘डिलाइट डेरी प्राइड’ मिल्क पाउडर

पोखरा । सुजल डेरी प्राइभेट लिमिटेडले नेपालमा पहिलो पटक ‘डिलाइट डेरी प्राइड’ इन्स्ट्यान्ट फुल क्रिम मिल्क पाउडर बजारमा ल्याएको छ । कम्पनीले आधुनिक जीवनशैलीलाई ध्यानमा राख्दै पोषणयुक्त, छिटो र भरपर्दो दूधको विकल्पका रूपमा यो उत्पादन सार्वजनिक गरेको हो । यो पाउडर अब प्रमुख ई–कमर्स प्लेटफर्म, मोडर्न ट्रेड स्टोर तथा भाटभटेनी सुपरमार्केटमा उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
डिलाइट डेरी प्राइड सजिलै मनतातो पानीमा घुल्ने भएकाले यसलाई तुरुन्तै तयार गर्न सकिन्छ । यसले उपभोक्तालाई जुनसुकै समयमा पनि क्रिमी र स्वादिलो दूध पिउन सहजता प्रदान गर्ने कम्पनीको दाबी छ । प्रिमियम गुणस्तरको यो इन्स्ट्यान्ट फुल क्रिम मिल्क पाउडर आवश्यक पोषक तत्वहरूले भरिपूर्ण रहेको र यसले बालबालिकाको समग्र वृद्धि र विकासमा सहयोग पुर्याउने कम्पनीले बताएको छ । चिनी रहित भएका कारण यो हरेक दिनको पोषणका लागि भरपर्दो र भरोसायोग्य विकल्प हुने बताइएको छ ।
यस मिल्क पाउडरले दूधको प्राकृतिक गुण जोगाउँदै क्याल्सियम, प्रोटिन, भिटामिन ए र भिटामिन डी जस्ता आवश्यक पोषक तत्व प्रदान गर्छ । यी पोषक तत्वहरूले बालबालिकाको बढ्दो उमेरमा हड्डी मजबुत बनाउन, मांसपेशीको विकास गर्न तथा शारीरिक र मानसिक स्वास्थ्यलाई तन्दुरुस्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने कम्पनीले जनाएको छ । आजको व्यस्त जीवनशैलीमा समयको अभावका कारण सन्तुलित दैनिक पोषण चुनौतीपूर्ण बनेको अवस्थामा सजिलै र छिटो तयार गर्न सकिने यो उत्पादन उपयोगी हुने विश्वास कम्पनीले लिएको छ ।
कम्पनीका अनुसार यो पाउडरको गुणस्तरमा सधैं एकरूपता कायम रहने र १२ महिनासम्म सुरक्षित रूपमा भण्डारण गर्न सकिन्छ । डिलाइट डेरी प्राइडको आधुनिक र आकर्षक प्याकेजिङले ताजापन, गुणस्तर र पोषणलाई स्पष्ट रूपमा प्रस्तुत गरेको छ । मोइस्चर प्रतिरोधी मेटालिक प्याकले उत्पादनको ताजापन सुरक्षित राख्छ भने स्पष्ट र आकर्षक डिजाइनले उपभोक्तालाई डिलाइट ब्रान्डका मुख्य फाइदाहरू सजिलै चिन्न मद्दत गर्नेछ ।
डिलाइट डेरी प्राइडको स्वादिलो दूध बनाउन १८० मिलिलिटर मनतातो पानीमा २५ ग्राम अर्थात् तीन चम्चाभर दूध पाउडर मिसाएर राम्ररी घोल्नुपर्ने कम्पनीले जनाएको छ । सुजल डेरी प्राइभेट लिमिटेडका अनुसार यसले केवल छिटो दूध तयार गर्नका लागि नभई दैनिक खानामा स्वाद र पोषण दुवै थप्छ । यसलाई पौष्टिक दूधजन्य पेय, क्रिमी डेजर्ट, मिल्की चिया र स्वादिलो कफीमा सजिलै प्रयोग गर्न सकिन्छ । यो पाउडर ताजा दूधबाट बनाइने र उक्त दूध स्थानीय फार्मबाट संकलन गरिने कम्पनीले जानकारी दिएको छ ।
उत्पादनदेखि प्याकेजिङसम्म हरेक चरणमा गुणस्तर परीक्षण र उच्च हाइजिन कायम राखिएको कम्पनीले दाबी गरेको छ । अत्याधुनिक प्रविधि प्रयोग गरेर तयार गरिएको यस दूधले प्राकृतिक स्वाद र पोषण दुवै सुनिश्चित गर्ने बताइएको छ । डिलाइट डेरी प्राइड अब १ केजी प्याकमा २१०० रुपैयाँ मूल्यमा उपलब्ध छ ।
यो उत्पादन प्रमुख ई–कमर्स साइटहरू दराज, मेरोकिराना, स्मार्टडोको, ग्यापु, फुडमान्डु लगायत भाटभटेनी सुपरमार्केट, बिग मार्ट, केके मार्ट र मोडर्न ट्रेड स्टोरहरूमा सजिलै किन्न सकिने व्यवस्था मिलाइएको छ । डिलाइट डेरी प्राइड इन्स्ट्यान्ट फुल क्रिम मिल्क पाउडरले पोषणयुक्त, छिटो र भरपर्दो दूध विकल्पको बढ्दो आवश्यकता प्रभावकारी रूपमा पूरा गर्नेमा सुजल डेरीले विश्वास व्यक्त गरेको छ । आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर विकसित गरिएको यस नयाँ उत्पादनले स्वस्थ र सहज जीवन चाहने उपभोक्ताको अपेक्षा पूरा गर्नेमा कम्पनी ढुक्क रहेको मार्केटिङ विभागले जनाएको छ ।









‘अटेरी’ अभियन्ता गनेस पौडेल रास्वपा केन्द्रीय सदस्य मनोनीत
एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सचिवालय उद्घाटन
२ सरकारी कार्यालयको एकीकृत सेवा
सामाजिक विकास तथा कृषि समितिको बैठक आज
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया