पोखरा महानगरको कृषि र व्यवसाय प्रवर्द्धन कार्यालय सभागृहमा सर्‍यो

समाधान संवाददाता २०८२ पुष २० गते १८:४५

पोखरा । पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखाअन्तर्गतका कार्यालयहरू स्थानान्तरण भएका छन्। महानगरले कृषि विकास शाखा तथा व्यवसाय प्रवर्द्धन केन्द्रको कार्यालयलाई पोखरा सभागृह परिसरमा सारेको हो।

Advertisement

यसअघि पोखरा महानगरपालिका–७ जनप्रिय मार्गमा रहेका यी कार्यालय अब सभागृहबाट सञ्चालन हुनेछन्। महाशाखाले आइतबार सूचना जारी गर्दै कार्यालय सरेको जानकारी गराएको हो।

महाशाखा प्रमुख मनहर कडरियाका अनुसार सोमबार (२१ पुस) देखि नयाँ स्थानबाट नियमित सेवा प्रवाह हुनेछ। उनले कार्यालय स्थानान्तरणको क्रममा सेवाग्राही तथा सरोकारवालामा पर्न गएको असुविधाप्रति क्षमा माग्दै अबदेखि सभागृह परिसरबाट सेवा लिन आग्रह गरेका छन्।

Advertisement

तपाईको प्रतिक्रिया