फागुन २१ को चुनावका लागि १६५ निर्वाचन अधिकृत नियुक्त : माघ २ भित्र कार्यालय खोल्नुपर्ने

समाधान संवाददाता २०८२ पुष २० गते १९:००

काठमाडौं । निर्वाचन आयोगले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त गरेको छ। आयोगले निर्वाचन सम्पन्न गर्न न्याय परिषद् र न्याय सेवा आयोगको परामर्शमा १६५ जना अधिकृत नियुक्त गरेको हो।

Advertisement

आयोगले ७७ वटा जिल्लाका न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी तोकेको छ। यस्तै, नेपाल न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणीका ८८ जना अधिकृतलाई निर्वाचन अधिकृतमा नियुक्त गरिएको छ।

नवनियुक्त मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले आगामी २ माघभित्र आफू खटिएको निर्वाचन क्षेत्रमा पुगेर कार्यालय स्थापना गर्नुपर्ने आयोगले जनाएको छ। कार्यालय स्थापना भएसँगै उनीहरूले निर्वाचनसम्बन्धी कार्यक्रम सञ्चालन गर्नेछन्।

Advertisement

तपाईको प्रतिक्रिया