आन्दोलनमा जलेको राजस्व कार्यालयलाई पोउवा संघले दियो कम्प्युटर

पोखरा । पोखरा उद्योग वाणिज्य संघले आन्तरिक राजस्व कार्यालय पोखरालाई कम्प्युटर र ल्यापटप सहयोग गरेको छ। गत २४ भदौमा भएको ‘जेन–जी’ आन्दोलनका क्रममा कार्यालयमा आगजनी र तोडफोड भएपछि सेवा प्रवाह सहज बनाउन संघले आइतबार ५ लाख ३१ हजार ८७१ रुपैयाँबराबरका सामग्री हस्तान्तरण गरेको हो।
संघले कार्यालयलाई ५ सेट कम्प्युटर, २ वटा प्रिन्टर र एउटा ल्यापटप उपलब्ध गराएको छ। संघका अध्यक्ष गोकर्ण कार्कीले आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत शिवप्रसाद ढुंगानालाई ती सामग्री हस्तान्तरण गरे। अध्यक्ष कार्कीले सामग्री सहयोगपछि कार्यालयबाट प्रवाह हुने सेवामा सहजता आउने विश्वास व्यक्त गरे। आन्दोलनको दोस्रो दिन कार्यालयमा आगजनी, तोडफोड र लुटपाट हुँदा दैनिक कामकाजका लागि अत्यावश्यक सामग्रीको अभाव खड्किएको थियो।
उद्योगी तथा व्यवसायीसँग प्रत्यक्ष सरोकार राख्ने राजस्व कार्यालयको सेवा प्रवाहमा कुनै कमी नहोस् भन्ने उद्देश्यले सामग्री सहयोग गरिएको संघकी महासचिव शोभा गौतमले बताइन्। सामग्री हस्तान्तरण कार्यक्रममा संघका उद्योगतर्फका उपाध्यक्ष दिनेशचन्द्र बास्तोला, वाणिज्यतर्फका उपाध्यक्ष बलराम आचार्य, उपमहासचिव सुदीप प्रधानाङ्ग, कार्यसमिति सदस्यहरू जीवन श्रेष्ठ, दूधमान गुरुङ ‘आशिष’ र संघका सहायक निर्देशक सुनिल क्षेत्रीको उपस्थिति थियो








भरियादेखि ट्रेकिङ कम्पनी मालिकसम्म
होमस्टेले फेरिएको कालाबाङ
सम्पादकीय—कांग्रेसको किचलो
चुनावले एसइई प्रभावित : प्रश्नपत्र छाप्न ढिलाइ हुँदा परीक्षा सर्ने निश्चित
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया