सम्पादकीय—भेनेजुयलामाथि साम्राज्यवादी आक्रमण

शक्तिलाई जब नैतिकताको लगामले बाँध्न सकिँदैन, तब त्यो ‘निरंकुशता’ मा परिणत हुन्छ । चाहे त्यो व्यक्तिमा होस् वा राष्ट्रमा । दक्षिण अमेरिकी मुलुक भेनेजुयलामाथि अमेरिकाले जुन किसिमको आक्रामक रवैया र हस्तक्षेपकारी नीति अख्तियार गरिरहेको छ, त्यो एक्काइसौँ शताब्दीको ‘सभ्य विश्व’ का लागि लज्जाको विषय हो । यो केवल एउटा भूगोलमाथिको आक्रमण होइन, यो ‘सार्वभौमिकता’ को विश्वव्यापी सिद्धान्तमाथिको बलात् हस्तक्षेप हो । राष्ट्रपति दम्पत्तिलाई नै पक्रेर अमेरिका पुर्याउनु कहाँसम्मको अपराध हो ?
अमेरिकाले सम्पूर्ण अन्तर्राष्ट्रिय कानुन र मानवीयताको पनि उल्लंघन गरेको छ । लोकतन्त्र र मानवअधिकारको ‘मखमली बर्को’ ओढेर वासिङ्टनले भेनेजुयलामाथि थोपर्न खोजेको नाकाबन्दी र सत्ता–परिवर्तनको खेल विशुद्ध ‘नव–औपनिवेशिक’ मानसिकताको उपज थियो । त्यसमाथि राष्ट्रपतिकै अपहरण गरेर अमेरिकाले निकै निम्नकोटीको चरित्र प्रदर्शन गरेको छ । अमेरिका आफूलाई विश्वको स्वघोषित ‘ठेकेदार’ सम्झँदै कराकसको सडकमा कसले राज गर्ने भन्ने निर्णय ह्वाइटहाउसबाट गर्न खोजिरहेको छ । यो भेनेजुयलाका जनताको ‘आत्मनिर्णयको अधिकार’ माथिको सिधा प्रहार हो ।
भेनेजुयलाको गर्भमा रहेको अथाह पेट्रोलियम पदार्थ (कालो सुन) माथि गिद्धे नजर लगाएर गरिएको यो भू–राजनीतिक खेललाई ‘मुक्ति’ को सङ्ज्ञा दिनु बौद्धिक बेइमानी सिवाय केही होइन । यदि कुनै देशको नेतृत्व असफल छ भने त्यसलाई बदल्ने अधिकार त्यहीँका नागरिकको मतपत्र वा आन्दोलनमा निहित हुन्छ, पेन्टागनको ‘वार–रुम’ मा होइन । नेपाल जस्तो सार्वभौमसत्तासम्पन्न तर साना राष्ट्रहरूका लागि यो परिदृश्य झनै गम्भीर छ । पञ्चशील र असंलग्नताको सिद्धान्तमा विश्वास गर्ने हाम्रो जस्तो मुलुकले बुझ्नुपर्छ कि– आज भेनेजुयलामा जे भइरहेको छ, त्यो भोलि अर्को कुनै कमजोर राष्ट्रमाथि दोहोरिन सक्छ ।
ठूला शक्ति राष्ट्रहरूले साना राष्ट्रहरूलाई आफ्नो ‘उपग्रह’ बनाउन खोज्ने प्रवृत्ति विरुद्ध नैतिक रूपमा उभिनु हाम्रो दायित्व हो । शक्ति बन्दुकको नालबाट जन्मिएला, तर वैधता (Legitimacy) जनताको हृदयबाट मात्र जन्मिन्छ । भेनेजुयलाको संकटको समाधान बाह्य सैन्य हस्तक्षेप वा आर्थिक निसास्सिएपन बाट होइन, आन्तरिक संवाद र कूटनीतिक सम्मानबाट खोजिनुपर्छ । अर्काको घरमा आगो लगाएर आफ्नो आँगन उज्यालो पार्ने साम्राज्यवादी सपना अबको विश्वमा अमान्य छ । भेनेजुयलालाई आफ्नो भाग्यको फैसला आफैँ गर्न देऊ ।









एरिका र दिपेन्द्र वर्ष खेलाडी, पलेसालाई ट्रेलब्लेजर अफ दि इयर सम्मान
लक्ष्मी माविमा २ करोडमा पुस्तकालय भवन बन्दै
गोदरेजको अफर : लुना ज्ञवालीले पाइन् विश्वकप हेर्ने अवसर
पोखरामा शनिबार ‘बुकहिल बोनान्जा’
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया