तनहुँमा पुरुषभन्दा महिला मतदाता बढी

दमौली । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तनहुँमा २ लाख ५४ हजार ३ सय ९७ मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँका अनुसार त्यसमध्ये पुरुषको संख्या १ लाख २३ हजार ४ सय ९१ र महिलाको संख्या १ लाख ३० हजार ९ सय ६ छ ।
जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जिल्लास्थित १० पालिकामध्ये सबैभन्दा बढी मतदाता व्यास नगरपालिकामा र सबैभन्दा कम मतदाता देवघाट गाउँपालिकामा रहेको जानकारी दिए । २ प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको यहाँ तनहुँ क्षेत्र नं १ तर्फ १ लाख ३६ हजार १ सय १८ र क्षेत्र नम्बर २ तर्फ १ लाख १८ हजार २ सय ७९ मतदात कायम भएका छन् । क्षेत्र नं १ तर्फ व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिका पर्दछ ।
क्षेत्र नं २ तर्फ शुक्लागण्डकी नगरपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिका पर्दछ । व्यास नगरपालिकामा ५१ हजार ३ सय ६, भानु नगरपालिकामा ४२ हजार १ सय ४, शुक्लागण्डकी नगरपालिकामा ४० हजार ३ सय ५, भीमाद नगरपालिकामा २५ हजार ३ सय ११ मतदाता छन् ।
आँबुखैरेनी गाउँपालिकामा १४ हजार ६२, देवघाट गाउँपालिकामा १२ हजार ६ सय ४४, बन्दीपुर गाउँपालिकामा १६ हजार २, ऋषिङ गाउँपालिकामा १८ हजार ७ सय ४४, घिरिङ गाउँपालिकामा १४ हजार ६ सय १३, म्याग्दे गाउँपालिकामा १९ हजार ३ सय ६ मतदाता रहेको लम्सालले बताए ।
जिल्लामा ३ सय ९ मतदान केन्द्र रहेको निर्वाचन अधिकारी लम्सालले बताए । ऋषिङ गाउँपालिका–४ र ६ मा एक/एक मतदान केन्द्र रहेकामा थप एक/एक मतदान केन्द्र थप भएको छ ।
निर्वाचन कार्यालयले सञ्चालन गरेको मतदाता नामावली दर्ता अभियानका क्रममा ७ हजार ३ सय ९३ नयाँ मतदाता थप भएको कार्यालयले जनाएको छ । निर्वाचनका लागि कार्यालयको आन्तरिक काम तीव्र गतिमा अगाडि बढेको लम्सालले बताए । रासस









एरिका र दिपेन्द्र वर्ष खेलाडी, पलेसालाई ट्रेलब्लेजर अफ दि इयर सम्मान
लक्ष्मी माविमा २ करोडमा पुस्तकालय भवन बन्दै
गोदरेजको अफर : लुना ज्ञवालीले पाइन् विश्वकप हेर्ने अवसर
पोखरामा शनिबार ‘बुकहिल बोनान्जा’
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया