स्याङ्जाको हिमासिखर सामुदायिक वनमा डढेलो लगाएको आरोपमा दुई जना पक्राउ

पोखरा । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १४ मा रहेको हिमासिखर सामुदायिक वनमा डढेलो लगाएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले स्थानीय १९ वर्षीय आसिक कुँवर र २० वर्षीय सुदिप कुँवरलाई पुस २१ गते पक्राउ गरेको हो । उनीहरूले पुस २० गते साँझ ५ः३० बजेको समयमा उक्त सामुदायिक वन र आसपासको खरवारीमा आगो लगाएको सूचनाका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा आगो लगाउने कार्यमा उनीहरूको संलग्नता पुष्टि भएपछि नियन्त्रणमा लिएको बताएको छ । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान र कानुनी कारवाहीका लागि सव डिभिजन वन कार्यालय वालिङमा पठाइएको छ । हाल उनीहरूलाई वडा प्रहरी कार्यालय वालिङकै हिरासत कक्षमा राखेर थप प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
वन ऐन अनुसार वनमा डढेलो लगाउनु वा आगो लगाउने कार्यलाई गम्भीर अपराध मानिन्छ । पछिल्लो समय डढेलोका कारण वन सम्दा र जैविक विविधतामा ठूलो क्षति पुग्ने गरेकाले प्रहरी र वन कार्यालयले यस्ता गतिविधिमा संलग्नहरूलाई कडाइका साथ कानुनी दायरामा ल्याउने बताएका छन् । पक्राउ परेका कुँवरद्वयलाई वन ऐन बमोजिम कारवाही हुने जानकारी सव डिभिजन वन कार्यालयले दिएको छ ।
प्रहरीले वन क्षेत्रमा आगो लगाउने जस्ता कार्य नगर्न र डढेलो नियन्त्रणमा सहयोग गर्न स्थानीयलाई आग्रह समेत गरेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको र वन कार्यालयले आवश्यक प्रक्रिया पुरा गरेपछि मुद्दा अगाडि बढ्ने बताइएको छ । यसरी वन क्षेत्रमा जानीजानी आगो लगाएको पाइएमा कैद र जरिवाना दुवै हुन सक्ने कानुनी प्रावधान रहेको छ । उनीहरू दुवै जना एउटै वडाका बासिन्दा रहेको र वन क्षेत्रमा आगो सल्काएर फरार रहेको अवस्थामा प्रहरीले खोजी गरी नियन्त्रणमा लिएको बताएको छ ।









पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन, आज पशुपतिमा दाहसंस्कार
गविविको उपकुलपतिका लागि ६ जनाको आवेदन, माघ ४ मा प्रस्तुतीकरण
माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबारमा रोक
निर्वाचन आउन ५४ दिन बाँकी, माघ ३ देखि आचारसंहिता लागू गर्ने तयारी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया