भजन चुड्का प्रतिष्ठानमा कृष्ण

समाधान संवाददाता २०८२ पुष २२ गते १२:३६

पोखरा । राष्ट्रिय भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल कास्कीको सातौं वार्षिक साधारण सभा तथा चौथो जिल्ला अधिवेशन भएको छ । अधिवेशनले अध्यक्ष कृष्णप्रसाद अधिकारी (भानुभक्त)को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

Advertisement


कार्यसमितिको प्रथम उपाध्यक्ष दिवाकर बास्तोला, द्वितीय उपाध्यक्ष रामचन्द्र दाहाल, महिला उपाध्यक्ष सरस्वती बास्तोला, सचिव कृष्णप्रसाद पौडेल, कोषाध्यक्ष शिव बराल, सहसचिवमा मोहनराज बराल तथा सहकोषाध्यक्ष जयराम तिमिल्सिना निर्विरोध भएको निर्वाचन समितिका संयोजक तथा राष्ट्रिय भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालका महासचिव खगेन्द्रराज पराजुलीले जानकारी दिए ।


प्रतिष्ठान नेपाल कास्कीको कार्यसमिति सदस्यमा पिताम्बर बास्तोला, हरिचन्द्र आचार्य, बुद्विसागर पौडेल, सीता अधिकारी, सरु साप्कोटा, कोपिला गौली, बुद्वदेवी कुवँर, सीता महाकाली, बिनु सुवेदी, रमा गौतम, कल्पना सिग्देल, आरती अधिकारी, विश्वराज न्यौपाने, लक्ष्मी दाहाल र कृष्णबहादुर जिसी चुनिएका भएका छन् ।

Advertisement


कार्यक्रममा नवनिर्वाचित अध्यक्ष अधिकारीले भजन चुड्काको संरक्षण गर्ने संस्थाको भावना, मूल मर्म र उद्देश्यअनुरूप कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे । अग्रजको मार्गदर्शन अनुसार काम गर्ने उल्लेख गर्दै उनले नयाँ कार्यसमिति सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी अनुसार संस्थाको गरिमा अझ उचाइमा पु¥याउने विश्वास व्यक्त गरे ।


राष्ट्रिय भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष नारायणप्रसाद खनाल ‘लेकाली’, प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष प्रजापति पराजुली, गण्डकी प्रदेश अध्यक्ष वसन्त बास्तोला, कास्की अध्यक्ष शालिकराम गौतम लगायतले भजन चुड्काको संरक्षण र प्रवद्र्धनमा संस्थाले खेलेको भूमिकाबारे बोलेका थिए ।

Advertisement


संस्थाका केन्द्रीय सचिव भरतचन्द्र गौतम, सहकोषाध्यक्ष तारा थापा, संस्थाका कानुनी सल्लाहकार दुर्गाप्रसाद कोइराला सदस्य रहेको निर्वाचन समितिले अधिवेशन गराएको हो ।

तपाईको प्रतिक्रिया