पोखरा सात ए–साइड भेट्रान्स फुटबल प्रतियोगिता भोलीदेखि हुने

समाधान संवाददाता २०८२ पुष २२ गते १७:३१

पोखरा । पोखरा–१ स्थित पुरानो टुँडिखेलमा पुस २३ गतेदेखि २६ गतेसम्म केआईईसी पोखरा सात ए–साइड भेट्रान्स फुटबल प्रतियोगिता हुन लागेको छ । बुन इन्टरनेशनल एजुकेशनको आयोजनामा ‘खेलौँ, स्वस्थ रहौँ, पौरखी बनौँ, समृद्ध नेपाल बनाऔँ’ भन्ने नारासहित नकआउट प्रणालीमा आयोजना हुन लागेको हो ।

Advertisement


खेलकुद रमाइलोका लागि मात्र नभई स्वस्थ रहन, सामूहिक भावना बढाउन, प्रतिभा प्रस्फुटनका लागि प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक विरेन्द्र गुरुङले बताए । प्रतियोगितामा ३५ वर्ष भन्दा माथि खेलाडी मात्र सहभागि हुन पाउनेछन् ।
प्रतियोगितामा कास्की, स्याङजा, तनहुँ र बुटवल गरि १२ समुहको सहभागित रहने उनले जानकारी दिए । प्रथम पुरस्कार एक लाख रुपैयाँ र द्धितिय पुरस्कार ६० हजार रुपैयाँ रहेकाे छ ।


करिब पाँच हजार दर्शकले प्रतियोगिता अवलोकन गर्ने आयोजकको अनुमान छ । ५० हजारभन्दा बढी दर्शकले प्रविधिमार्फत अवलोकन गर्ने आँकलन गरिएको छ । प्रतियोगिता आयोजना गर्न ९ लाख ६० हजार रुपैयाँ लाग्ने बताइएको छ ।

Advertisement


बुन इन्टरनेशनल एजुकेशनले पोखराका युवालाई लक्षित गर्दै हरेक वर्ष खेलकुद प्रतियोगिताहरु सञ्चालन गर्दै आएको छ । खेलकुद सबै उमेर समूहका लागि हो भन्ने सन्देशसहित यस वर्षदेखि भेट्रान्स खेलाडीहरुलाई यस प्रतियोगितामा प्रतिस्पर्धा गराउने प्रयास गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया