रामकोटमा पोखरा मिडटाउनको शिविर

समाधान संवाददाता २०८२ पुष २२ गते १७:३८

पोखरा । रोटरी क्लब अफ पोखरा मिडटाउनको आयोजनामा कास्कीको हंसपुर ७ स्थित रामकोट माध्यमिक विद्यालयमा १ दिने निःशुल्क सामुदायिक स्वास्थ्य शिविर भएको छ । रामकोट माविको स्वर्ण जयन्तीको अवसर पारेर उक्त शिविर आयोजना गरिएको हो ।

Advertisement


शिविरबाट २ सय ८० स्थानीय बासिन्दा र १ सय १ जना विद्यार्थी गरी जम्मा ३ सय ८१ जना लाभान्वित भएका छन् । ग्रामीण तथा आर्थिक रुपमा कमजोर समुदायलाई लक्षित गरी निवारक स्वास्थ्य सेवा, प्रारम्भिक रोग पहिचान तथा निःशुल्क औषधी उपलब्ध गराइएको थियो ।


शिविरमा विशेषज्ञबाट स्वास्थ्य परीक्षण, रक्तचाप र रक्तचिनी जाँच, चिकित्सक परामर्श, साथै नाक कान घाँटी तथा हाडजोर्नी, छाला रोग तथा भिडियो एक्सरे र इसीजि सेवा, महिला तथा प्रसूति रोगसम्बन्धी सेवा लगायतका जाँचमा डा आनन्द श्रेष्ठ, डा भोजराज न्यौपाने, प्राडा चण्डीका पण्डीत, डा हुमप्रसाद न्यौपाने, डा पविन थापा, डा हरि पौडेल, डा बुनु गौडेल, डा अध्यात्म घिमिरेले जाँच गरेका थिए ।

Advertisement


हिमालय आँखा अस्पताल पोखराका चिकित्सकले आँखा जाँच गरेका थिए । शिविरमा व्यक्तिगत सरसफाइ, पोषण, स्वस्थ जीवनशैली, विभिन्न रोगसम्बन्धी स्वास्थ्य परामर्श पनि प्रदान गरिएको थियो । शिविरमा मुख स्वास्थ्य प्रर्वदनका लागि १ सय ५० थान दुथपेस्टसमेत वितरण गरियो ।


रोटरी क्लब अफ पोखरा मिडटाउन अध्यक्ष उपेन्द्र पौडेलले रामकोट माविको स्वर्ण जयन्ती महोत्सवका अवसरमा ग्रामीण समुदायमा स्वास्थ्य पहुँच विस्तार गर्न शिविर आयोजना गर्न पाएकोमा खुसी व्यक्त गरे । प्राडा चण्डीका पण्डितले औषधिमात्रै नभएर विशेषज्ञको राय र सुझाव समेत बिरामीका लागी असाध्यै फलदायी हुने बताइन् ।

Advertisement


विद्यालय व्यवस्थापन समिति अध्यक्ष नारायणकुमार श्रेष्ठले विद्यालयको स्वर्ण महोत्सव विविध कार्यक्रमसहित मनाइरहेकोमा स्वास्थ्य शिविर सञ्चालन गर्न पाएकोमा हर्ष व्यक्त गरे । इनरव्हील क्लब अफ पोखरा मिड टाउनका अध्यक्ष यसोदा बास्तोला र रोट¥याक्ट क्लब अफ पोखरा मिड टाउनका अध्यक्ष गणेश रिमालले रोटरी क्लब अफ पोखरा मिडटाउन सँग सहकार्य गर्दै शिविर सञ्चालन गर्न पाएकोमा प्रशन्नता व्यक्त गरे ।

तपाईको प्रतिक्रिया