राष्ट्रियसभा निर्वाचन : १८ सिटका लागि आज उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रियसभा सदस्यको रिक्त पदपूर्तिका लागि आज (बुधबार) उम्मेदवारको मनोनयन पत्र दर्ता हुँदैछ। आगामी ११ माघमा हुने निर्वाचनका लागि निर्वाचन आयोगले देशभरका सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्ने व्यवस्था मिलाएको हो।
आयोगका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ। आगामी २० फागुनदेखि रिक्त हुने कुल १८ सदस्य पदका लागि निर्वाचन हुन लागेको हो।
निर्वाचन कार्यतालिका
आयोगको कार्यतालिकाअनुसार भोलि (२४ पुस) उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ। २७ पुसमा उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् भने सोही दिन अन्तिम नामावली प्रकाशन हुनेछ। आयोगले २८ पुसमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने जनाएको छ।
मतदान ११ माघमा बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ।
यसअघि आयोगले मंगलबार अन्तिम मतदाता नामावली सार्वजनिक गरिसकेको छ। राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार नयाँ मतभारका आधारमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षले मतदान गर्नेछन्।









एसओएस गण्डकीको ४२ औँ खेलकुद दिवस सुरु, ६१३ विद्यार्थीको प्रत्यक्ष सहभागिता
बागलुङमा जनवादी गायक जीवन शर्माको एकल सांस्कृतिक साँझको तयारी तीव्र
गण्डकी प्रदेशमै पहिलो पटक स्थानीय तहबाटै प्यान वितरण, चुमनुब्री गाउँपालिकाले थाल्यो सेवा
शिक्षक महासंघ कास्कीको प्रथम जिल्ला परिषद् पुस २७ मा, स्थानीय भत्ताका लागि दबाब दिने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया