एन प्याब्सन कास्कीका पूर्व अध्यक्ष शर्माको निधन

पोखरा । नेसनल प्याब्सन कास्कीका पूर्व अध्यक्ष रामप्रसाद शर्माको ८० वर्षकाे उमेरमा मंगलबार निधन भएको छ । २०६१ साल देखि २०७० साल सम्म नेसनल प्याब्सन कास्कीको अध्यक्ष पदमा रहेर काम गरेका शर्माको निधन प्रति संस्थाले दुःख व्यक्त गरेको छ ।
एन प्याब्सन कास्कीले विज्ञप्ति जारी गरी शर्माको निधनले संस्थालाई अपुरणीय क्षति पुर्याएको जनाएको छ। शर्माको परिवारमा श्रीमती, २ छोरा र ३ छोरी छन् ।
‘उहाँको निधनले नेसनल प्याब्सन कास्कीलाई मात्र नभइ समग्र देसलाई नै अपुरणीय क्षति पुगेको र एक होनहार शैक्षिक अभिभावक गुमाएको महसुस भएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘यस दुःखद क्षणमा ब्रम्ह्लिन आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण सहित बैकुण्ठबासको प्रार्थना गर्दछौँ ।’
शर्माको सम्झनामा संस्थामा आवद्ध सम्पूर्ण सदस्य विद्यालयहरुमा बुधबार शोक सभा गर्ने नेसनल प्याब्सन कास्कीका अध्यक्ष अधिकारीले जानकारी दिए । पाँचौ दिनको पुण्यतिथिमा २६ गते स्वं शर्माको निवासमा उपस्थित भई संस्थाले शोक सभा गर्ने भएको छ ।









एरिका र दिपेन्द्र वर्ष खेलाडी, पलेसालाई ट्रेलब्लेजर अफ दि इयर सम्मान
लक्ष्मी माविमा २ करोडमा पुस्तकालय भवन बन्दै
गोदरेजको अफर : लुना ज्ञवालीले पाइन् विश्वकप हेर्ने अवसर
पोखरामा शनिबार ‘बुकहिल बोनान्जा’
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया