भेनेजुएलाको दुर्लभ खनिजमा अमेरिकी आँखा

वासिङ्टन । अमेरिकाले भेनेजुएला कारबाही ऊर्जाका लागि मात्र थिएन भनी अडान लिएको छ । यसबाट भेनेजुएलामाथिको अमेरिकी आक्रमण तेलका लागि नभई दुर्लभ खनिज पदार्थका निम्ति भएको बुझिएको छ ।
विश्वव्यापी प्रशोधन क्षमताको ९० प्रतिशतभन्दा बढी हिस्सा चीनको नियन्त्रणमा छ । चीनको भेनेजुएलासँग गहिरो आर्थिक सम्बन्ध छ । उसले पिडिभिएसएलाई आर्थिक रुपमा सघाउँदै आएको छ र अत्याधुनिक हतियार प्रणालीमा प्रयोग हुने महत्वपूर्ण खनिजको उत्खननमा आफूलाई समाहित गरेको छ ।
दुर्लभ खनिज पदार्थ र रणनीतिक खनिजहरू जस्तै ट्यान्टलम, कोबाल्ट र एन्टिमोनी महत्त्वपूर्ण स्रोत बनेका छन् । यी सामग्रीहरू एआई प्रणालीका आधारभूत अंग हुन् । भेनेजुएलामाथि अमेरिकाको आक्रमण तेलको बारेमा मात्र हो भन्ने लागे पनि वास्तवमा त्यसो होइन ।
वास्तविक मुद्दा कृत्रिम बुद्धिमत्ताको भौतिक आधारमाथिको नियन्त्रण हो । ती सामग्री, पूर्वाधार र औद्योगिक क्षमतामाथिको नियन्त्रणले नै एआईलाई डेटा सेन्टरमा मात्र सीमित नराखी भौतिक संसारमा वास्तविक बनाउँछ ।
इरानले भेनेजुएलाको भूमिमा ड्रोन उत्पादन केन्द्र स्थापना गरेको खबर छ भने रुसले आफ्ना सैन्य सल्लाहकारहरू तैनाथ गरेको छ । यी गतिविधि ट्रम्पको सन् २०२५ को अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिमा औंल्याइएका खतराहरूसँग ठ्याक्कै मेल खान्छन् । यस रणनीतिले शीतयुद्धपछिको अमेरिकी नीतिमा फेरबदल ल्याएको छ किनकि यसले विश्वव्यापी प्रभुत्वलाई अस्वीकार गर्दै ‘अमेरिका पहिलो’ (अमेरिका फस्ट) यथार्थवादलाई अँगालेको छ ।
वासिङ्टनको दृष्टिकोणमा, अमेरिकाको परम्परागत प्रभाव क्षेत्रभित्र भेनेजुएला उसका विरोधी शक्तिहरूको रणनीतिक अखडा बनेको छ । डलरमा आधारित तेल व्यापारलाई चुनौती दिँदा अमेरिकाले बदला लिन्छ भन्ने लामो समयदेखिको दाबीलाई यो हस्तक्षेपले पुनः ब्युँताइदिएको छ । भेनेजुएलाले कच्चा तेलका लागि युआन र अन्य मुद्राहरू स्वीकार गर्न थालेको थियो भने रुस र चीनसमेत सम्मिलित ब्रिक्स गठबन्धनसँग नजिकको सम्बन्ध गाँस्न खोजिरहेको थियो ।
ट्रम्पले अमेरिकी कम्पनीहरूले भेनेजुएलाको तेल उद्योग पुनर्निर्माणमा सघाउने बताएका छन् । तर इतिहास र उनको देशको विगतको कार्यशैलीले यसमा भरपर्दो आधार दिँदैन । इराक र लिबियाले यो पुष्टि गर्छन् कि सरकार परिवर्तनले सुधारको ग्यारेन्टी दिँदैन । तेलका पूर्वाधार पुनर्निर्माण गर्न वर्षौं लाग्छ ।
संस्थाहरू बन्न त झन् धेरै समय लाग्छ । भेनेजुएलाको भण्डार जमिनमुनि नै छ । त्यो स्थिरताको स्रोत बन्ला वा तेलको लामो द्वन्द्व इतिहासको अर्को अध्याय थपिएला भन्ने कुराको टुंगो लाग्न बाँकी नै छ । अलजजिरा









एरिका र दिपेन्द्र वर्ष खेलाडी, पलेसालाई ट्रेलब्लेजर अफ दि इयर सम्मान
लक्ष्मी माविमा २ करोडमा पुस्तकालय भवन बन्दै
गोदरेजको अफर : लुना ज्ञवालीले पाइन् विश्वकप हेर्ने अवसर
पोखरामा शनिबार ‘बुकहिल बोनान्जा’
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया