एमालेबाट सम्झना देवकोटा राष्ट्रिय सभा उम्मेदवार

समाधान संवाददाता २०८२ पुष २३ गते १३:२०

पोखरा । नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकी प्रदेशमा सम्झना देवकोटालाई राष्ट्रिय सभा उम्मेदवार बनाउने भएको छ ।

Advertisement

उनी २०८० मा भएको उपनिर्वाचनमा पनि उम्मेदवार थिइन् । कांग्रेस र माओवादीबिच गठबन्धनका उम्मेदवार पर्वतकी मनरुपा शर्मासँग पराजित भएकी थिइन् ।

२०७९ मा भएको स्थानीय निर्वाचनमा देवकोटा गोरखा नगरपालिकाको मेयरमा पराजित भएकी थिइन् ।

Advertisement

१८ सदस्यका लागि हुन लागेको निर्वाचनका लागि एमालेले ८ जनाको नाम टुंगो लगाएको छ । एमालेले कोशी प्रदेशमा रोशनी मेचे र सोम पोर्तेल, मधेश प्रदेशमा रेखा झा, बागमतीमा प्रेम दंगाल राष्ट्रिय सभा उम्मेदवार चयन गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया