गण्डकीबाट राष्ट्रिय सभामा कांग्रेस उम्मेदवार तनहुँका जगत तिमिल्सिना

समाधान संवाददाता २०८२ पुष २३ गते १३:५२

राष्ट्रिय सभा निर्वाचनमा गण्डकीमा कांग्रेसबाट तनहुँका जगत तिमिल्सिनाले उम्मेदवारी दिँदैछन् । तिमिल्सिना कांग्रेस निकट प्राध्यापक संघका केन्द्रीय अध्यक्ष हुन् । उम्मेदवारी दर्ताको दिन आज बुधबार हो । एमाले र कांग्रेसले मिलेर गठबन्धन गरी राष्ट्रिय सभा निर्वाचनमा भाग लिँदैछन् । एमालेले गोरखाको सम्झना देवकोटालाई उम्मेदवार बनाउँदैछ ।

Advertisement

Advertisement

तपाईको प्रतिक्रिया