गण्डकीमा नेकपाका गोमा र कपिलको उम्मेदवारी दर्ता

समाधान संवाददाता २०८२ पुष २३ गते १५:२४

पोखरा ।

Advertisement

नेपाली कांग्रेस र नेकपा एमालेसँगको भागबन्डामा सहमति नजुटेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले गण्डकी प्रदेशमा छुट्टै उम्मेदवारी दिएको छ । राष्ट्रिय सभा निर्वाचनका लागि नेकपाले आफ्ना दुई नेतालाई अघि सारेको छ ।

उम्मेदवारी दर्ताका लागि गोमा घिमिरे लुइँटेल र कपिल लामा बुधबार निर्वाचन कार्यालय पुगे । उनीहरुले जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो मनोनयन दर्ता गराए ।

Advertisement

उम्मेदवार बनेका दुवै नेता तत्कालीन नेकपा माओवादी केन्द्रबाट आएका हुन् । लामा नेकपाका केन्द्रीय सदस्य हुन् । अर्की उम्मेदवार गोमा जनयुद्धकी घाइते हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया