गोदरेजको अफर : लुना ज्ञवालीले पाइन् विश्वकप हेर्ने अवसर

काठमाडौं । गोदरेज नेपालले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा हुने टिट्वान्टी विश्वकप अन्तर्गत नेपालको खेल प्रत्यक्ष हेर्न पाउने विजेता सार्वजनिक गरेको छ । योजनाको पहिलो चरणको विजेताका रूपमा काठमाडौं टोखाकी लुना ज्ञवाली छनोट भएकी छन् ।
उपभोक्तालाई घरायसी जीवनसँगै अन्तर्राष्ट्रिय खेलकुदको रोमाञ्चसँग जोड्ने उद्देश्यले गोदरेज नेपालले गत २९ मंसिरदेखि देशभर यो अभियान लागु गरेको थियो ।
सोही विशेष क्याम्पेनअन्तर्गत पहिलो चरणका भाग्यशाली विजेता छनोट गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ज्ञवालीले गोदरेजको आधिकारिक बिक्रेता खडादेवी इलेक्ट्रोनिक्सबाट गोदरेजको वासिङ मेसिन खरिद गरी योजनामा सहभागिता जनाएकी थिइन् ।
छनोट भएकी विजेता ज्ञवालीले ४ रात ५ दिनको मुम्बई यात्रासहित वानखेडे स्टेडियममा नेपाली राष्ट्रिय क्रिकेट टोलीको खेल प्रत्यक्ष हेर्ने अवसर पाउनेछिन् । यो प्याकेजमा हवाई टिकट, होटल बसाइ, म्याच टिकट तथा अन्य आवश्यक सम्पूर्ण खर्च गोदरेज नेपालले नै व्यहोर्ने जानकारी दिएको छ ।
सीमित अवधिका लागि नेपालभर लागू गरिएको यस योजनामा अझै पनि एसएमएसमार्फत सहभागी भई विजेता बन्ने अवसर बाँकी रहेको गोदरेज नेपालले जनाएको छ । कम्पनीले उपभोक्तालाई नजिकको आधिकारिक बिक्रेताबाट गोदरेजका उत्पादन खरिद गरी योजनामा सहभागी हुन आग्रह गरेको छ ।
क्याम्पेनमा सहभागी हुन गोदरेजका कुनै पनि आधिकारिक उत्पादन खरिद गरी ३१००३ मा एसएमएस पठाउनुपर्ने व्यवस्था गरिएको छ । यसका लागि मोबाइलको म्यासेज बक्समा अंग्रेजीमा ’गोदरेज’ स्पेस ‘वारेन्टी कार्ड नम्बर’ स्पेस ‘प्रडक्टको नाम’ स्पेस ‘ग्राहकको नाम’ स्पेस ‘ठेगाना’ टाइप गरी ३१००३ मा पठाउनुपर्ने कम्पनीले बताएको छ ।









एसओएस गण्डकीको ४२ औँ खेलकुद दिवस सुरु, ६१३ विद्यार्थीको प्रत्यक्ष सहभागिता
बागलुङमा जनवादी गायक जीवन शर्माको एकल सांस्कृतिक साँझको तयारी तीव्र
गण्डकी प्रदेशमै पहिलो पटक स्थानीय तहबाटै प्यान वितरण, चुमनुब्री गाउँपालिकाले थाल्यो सेवा
शिक्षक महासंघ कास्कीको प्रथम जिल्ला परिषद् पुस २७ मा, स्थानीय भत्ताका लागि दबाब दिने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया