विशेष महाधिवेशनमा सहभागी हुन कास्की कांग्रेस सभापति बरालको अपिल

पोखरा । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गतेका लागि आह्वान गरेको विशेष महाधिवेशनलाई लिएर पार्टीभित्रको आन्तरिक विवाद जिल्ला तहसम्म पुगेको छ । पार्टीको केन्द्रीय कार्यालयले विशेष महाधिवेशन अवज्ञा गर्न निर्देशन दिएकै समयमा कास्की कांग्रेसका सभापति किशोरदत्त बरालले भने उक्त महाधिवेशनमा सक्रिय सहभागी हुन कार्यकर्तालाई अपिल गरेका छन् ।
बरालले बिहीबार एक अपिल जारी गर्दै पार्टीलाई विधि र विधान अनुसार अगाडि बढाउन विशेष महाधिवेशन अपरिहार्य भएको बताएका छन् । केन्द्रीय कार्यालयले सो महाधिवेशनलाई वैधानिकता नदिने र त्यसको अवज्ञा गर्न मातहतका निकायलाई सर्कुलर जारी गरे पनि कास्की सभापति बरालले भने महामन्त्रीद्वयको कदमलाई समर्थन गरेका छन् । उनले पार्टीको १५ औँ महाधिवेशन समयमा हुन नसकेको र विधान संकटमा परेको भन्दै विशेष महाधिवेशनलाई सफल बनाउन सबै महाधिवेशन प्रतिनिधिहरूलाई आग्रह गरे ।
केन्द्रीय कार्यालयले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई केन्द्रित गर्नुपर्ने भन्दै अहिले विशेष महाधिवेशन गर्न नसकिने अडान राखेको छ । सभापति शेरबहादुर देउवा पक्षले यो कार्यक्रमलाई पार्टी हित विपरीत भन्दै सहभागी नहुन निर्देशन दिएको छ । तर महामन्त्रीद्वय थापा र शर्मा पक्षले भने विधानको मर्म अनुसार तोकिएको समयमा नियमित महाधिवेशन हुन नसकेपछि विशेष महाधिवेशन नै संकटमोचनको बाटो भएको दाबी गर्दै आएका छन् ।
विशेष महाधिवेशनका लागि काठमाडौँको भृकुटीमण्डपमा तयारी तीव्र पारिएको छ । यसका लागि १८ वटा विभिन्न उपसमितिहरू समेत गठन गरी काम अगाडि बढाइएको सचिवालयले जनाएको छ । जसमा व्यवस्थापन देखि जेन्जी युवा परिचालन सम्मका समितिहरू सक्रिय रहेका छन् । कास्की सभापति बरालले जिल्लाका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूलाई उत्साहपूर्वक काठमाडौँ आउन आह्वान गरेपछि कांग्रेसभित्रको आन्तरिक ध्रुवीकरण थप प्रस्ट देखिएको छ ।
विशेष महाधिवेशन पक्षधरले स्थानीय प्रशासनलाई शान्ति सुरक्षाका लागि पत्राचार समेत गरिसकेका छन् । संस्थापन पक्षले महाधिवेशन रोक्न खोजे पनि आफूहरू विधान रक्षाका लागि उभिएको बरालको भनाइ छ । उनले विसं २०८२ पुस २८ भित्र १५ औँ महाधिवेशन हुनुपर्नेमा सो हुन नसक्दा विशेष महाधिवेशन नै निर्विकल्प विकल्प बनेको उल्लेख गरे ।










एसओएस गण्डकीको ४२ औँ खेलकुद दिवस सुरु, ६१३ विद्यार्थीको प्रत्यक्ष सहभागिता
बागलुङमा जनवादी गायक जीवन शर्माको एकल सांस्कृतिक साँझको तयारी तीव्र
गण्डकी प्रदेशमै पहिलो पटक स्थानीय तहबाटै प्यान वितरण, चुमनुब्री गाउँपालिकाले थाल्यो सेवा
शिक्षक महासंघ कास्कीको प्रथम जिल्ला परिषद् पुस २७ मा, स्थानीय भत्ताका लागि दबाब दिने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया